×

NMB BANK
NIC ASIA

कोरोनासँग साहसिक संघर्ष

भेन्टिलेटरबाट कोरोना जितेर फर्किएकी ५२ वर्षीया आमाको अनुभव

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • शोभा उपाध्याय

गत वैशाख १९ गतेदेखि मलाई ज्वरो आइरहेको थियो । २२ गते अचानक श्वास फेर्न गाह्रो हुन थाल्यो । त्यो देखेर घरका सबै जनाले ‘अब घरमा बस्नुहुन्न, अस्पताल जानुपर्छ’ भन्ने निर्णय गर्नुभयो ।

Sagarmatha Cement
Muktinath Bank

घरको ढोकामा एम्बुलेन्स आइपुग्यो । मैले निस्कने बेलामा पुलुक्क घडी हेरे १०ः३० बजेको रहेछ । अगाडि–अगाडि मेरो एम्बुलेन्स, पछाडि मोटरसाइकलमा छोराहरू ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी पाटन अस्पताल पुग्यौं । तर त्यहाँ बेड नभएकाले भर्ना पाइएन । सहयोगी आफन्त, साथीभाइले फोनबाट पनि सक्दो प्रयास गरिरहनुभएको थियो । तर आधा घण्टाको प्रयासपछि केही सीप लागेन ।


Advertisment
Nabil box
Kumari

हामी फर्कियौं र टेकु अस्पताल पुग्यौं । मेरो छोरा पटक–पटक मलाई आश्वासन दिँदै भन्थ्यो – हजुरलाई केही हुँदैन ।

Vianet communication
Laxmi Bank

उसका भरिएका आँखामा १० दिनसम्म नर्भिक अस्पताल बसेर ११ औं दिन २०७० कात्तिक १३ गते बुवा बितेका र अब आमालाई गुमाउनु नपरोस् भन्ने भावना प्रस्टै झल्किन्थ्यो । टेकु अस्पतालमा धेरै बेरको प्रयासपछि एउटा बेड पाइयो ।

छोरो खुशी थियो । डाक्टर आउनुभयो र मलाई अक्सिजन लाएर जानुभयो तर मलाई झन्भन् गाह्रो हुन थाल्यो । अब मलाई इमर्जेन्सीको १ नम्बर बेडमा सारियो र त्यहाँ विभिन्नथरि मशिनहरू लाएर राखियो ।

उपचार चलिरहेका बेला २५ गते अचानक मेरो अक्सिजन एकदमै कम भयो र म बेहोस भए । अब मेरो स्थिति एकदमै गम्भीर भयो । धन्य ! टेकु अस्पतालका डाक्टर टीम सबै जना भेला भएर मलाई बचाउने प्रयासमा लाग्नुभयो ।

मलाई अलि–अलि केही  थाहा हुँदै थियो । डाक्टर अनुप सरल, मृदुभाषी, सहयोगी, मर्मस्पर्शी, सहनशील । उहाँको जति वर्णन गरे पनि कम होला जस्तो लाग्छ मलाई ।

अब उहाँ मसँग बोल्न र प्रश्न गर्न थाल्नुभयो । किनभने मैले नबोले सायद जे पनि हुन सक्थ्यो ।

डाक्टरको पहिलो प्रश्न – यो नानी को हो ?
मेरो जवाफ – मेरो भान्जी (सबिना)

दोस्रो प्रश्न – उ को हो ?
म – मेरो छोरा ।

तेस्रो प्रश्न – अमेरिकामा को हुनुहुन्छ ?
म – मेरो ज्वाइँ 

यति बोल्दा मेरो होस हरायो । अस्पतालमा मैले आफ्नै बारेमा केही थाहा नपाएपनि म निको भएर आएपछि छोराले मलाई सबै बतायो ।

अब मलाई बचाउन भेन्टिलेटरको आवश्यकता पर्‍यो तर कतै पनि भेन्टिलेटर पाइएन । नपाएपछि बचाउने आशा कम भयो तर ईश्वरको कृपा मलाई माया गर्नुहुनेहरूको प्रार्थना मिल्यो । डाक्टर र मेरो परिवारमा आशाका किरण पलाए । डाक्टर टीमले मलाई बचाउन सक्दो प्रयास गर्नुभयो ।

यसरी प्रत्येक दिन डाक्टर अनुप आएर मेरो ढाडमा धाप मार्दै भन्नुहुन्थ्यो, आमा तपाईं नआत्तिनुहोला, केही हुँदैन । उहाँको धापले ममा साहसको ऊर्जा थपिन्थ्यो ।

बिस्तारै ममा केही सुधार हुन थाल्यो । मेरो बेड नम्बर १ थियो । मेरो परिवार वरिपरि ५ वटा बेड थिए । म भेन्टिलेटरबाट हेरिरहन्थें । छेउछाउको बेडमा १ दिनमा १ जनासम्मको मृत्यु भयो ।

पहिला मलाई थाहा भएन । म नर्सलाई इशारा गर्थें, उनी पनि इसाना गर्थिन् रहनुभएन भनेर । अब बिस्तारै मैले बुझ्न थालें, किनभने मृत्यु हुने बित्तिकै आफ्नो मान्छे आउनुहुन्थ्यो । कसैले नमस्ते गर्ने, कोही रुन थाल्नुहुन्थ्यो तर कसैले पनि आफ्नो प्यारो मान्छेलाई अँगालो हाल्न सक्नुहुन्थेन ।

त्यो देखेर मेरो मनमा नानाथरिका कुरा खेल्दथ्यो र मौन रहेर मेरो आँखाबाट आँसु आफैं झर्दथ्यो । 

टेकु अस्पतालमा नर्सहरू पनि साह्रै मेहनती, सेवाको भावना भएका, सिरिन्जले दूध, दाल खुवाउने, बिरामीको सक्दो हेरचाह गर्ने । यसरी ८ दिनको भेन्टिलेटर बसाइपछि एक राति अचानक डा. अनुप आएर भन्नुभयो – आमा अब तपाईंलाई अर्को बेडमा सार्ने हो ।

म आत्तिएँ । उहाँले भन्नुभयो – आमा अलि सञ्चो भएको छ, त्यहाँ पनि भेन्टिलेटर अक्सिजन छ ।

मलाई बेड नम्बर २२ मा लगियो । त्यहाँ जम्मा ४ वटा बेड थियो । एउटामा म अरु ३ वटा । मैले सोचेको त्यहाँ देखिने दृश्य यहाँ नदेखिएला तर दैवलाई कहाँ मञ्जुर थियो । बिहान उठ्ने बित्तिकै यही क्रम थियो । यसरी मलाई ६ दिनपछि वार्डमा सारियो । वार्डबाट अन्त्यमा अक्सिजन लिएर हामी घर फर्कियौं, यसरी मेरो टेकु अस्पतालमा २७ दिनको बसाइ रह्यो ।

मैले कम समयमा धेरै अनुभव गर्न सकिन्छ भन्ने कुरा २७ दिनको अस्पताल बसाइमा थाहा पाएँ ।

अन्त्यमा डा. अनुपले मलाई प्रश्न गर्नुभयो – आमा के कोरोनाको महाकाललाई तपाईं बिर्सन सक्नुहुन्छ ?

मेरा आँखा रसाए । मैले भनें – जबसम्म मेरो सोच्ने शक्ति र ममा श्वास रहन्छ, तबसम्म म कदापी बिर्सन सक्दिनँ ।

यसरी म टेकु अस्पताल, अस्पतालका सबै टीम, डा. अनुप, डा. प्रमोद लगायत सबैलाई म हृदयदेखि मुरीमुरी धन्यवाद दिन चाहन्छु । डा. अनुप हजुरले चालेका प्रत्येक कदममा सफलता मिलोस् भन्ने आशिर्वाद दिन चाहन्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x