माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
असार ७, २०७८
चौधौं महाधिवेशनको दिनगन्ती शुरू भएका बेला कांग्रेस वृत्तमा यतिबेला सबैभन्दा चर्चाको विषय बनेको छ– सभापतिमा विमलेन्द्र निधिले गरेको दाबी । लामो समय सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका र देउवालाई साथ दिएका निधिले १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएपछि कांग्रेस वृत्तमा एकप्रकारको हलचल मच्चिएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ ।
शुक्रवारसम्म निधिले बाहिर कुरा गरेपनि सभापतिमा उठ्नेबारे देउवासँग आमनेसामने भएर कुरा गरेका थिएनन् । शनिवार भने निधिले सभापतिमा उम्मेदवारी दिने जानकारी मात्र गराएनन्, देउवाको साथ र समर्थन माग गरे । आसन्न महाधिवेशनबाट सभापतिमा दोहोरिने आकांक्षासहित देउवाले शनिवार प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
आफूलाई सभापतिमा समर्थन जुटाउन बोलाएको भेटघाटमै निधिले सहयोग मागेपछि देउवा रनभुल्लमा परे । शनिवारको भेटमा सहभागी प्रदेश २ का एक नेताका अनुसार निधिले सभापतिमा उठ्ने तयारी गरेको बताएपछि देउवाले ‘तपाईंको पनि अधिकार छ’ भनेर प्रतिक्रिया जनाएका थिए ।
कांग्रेसलाई देशको प्रमुख पार्टी बनाउने पुरानै नारा लिएर देउवाले सभापतिमा दोहोरिने दाउ गरिरहेका छन् । यस क्रममा देउवाले आइतवार बाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । आइतवारको भेटमा पनि देउवाले आफू सभापतिमा दोहोरिन लागेको बताएका थिए ।
निधिले सभापतिमा उठ्ने दाबी गरेपनि कांग्रेसका बहुसंख्यक कार्यकर्ता देउवासँग भिड्न निधि तयार होलान् भन्नेमा शंका व्यक्त गर्छन् । तर निधि भने कुनै पनि हालतमा पछि नहट्ने मनस्थितिमा छन् । महाधिवेशनको मिति नै तय भइनसकेको अवस्थामा निधिले गतवर्ष नै सभापतिमा उठ्ने जनाउ दिएका थिए ।
त्यसपछि निधिले नियमित रूपमा कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।
१४ औं महाधिवेशनमा नेतृत्व दाबीको ‘निधि तर्क’
देशव्यापी रूपमा र नेपाली कांग्रेसमा पनि नेतृत्वमा युवा पुस्ताको उपस्थितिको बहस भइरहेको छ । युवा पुस्ताका आकांक्षा सम्बोधन गर्न नसकेको, युवालाई पार्टीमा आकर्षित गर्न नसक्दा कांग्रेस कमजोर भएको भन्ने बहस कांग्रेसभित्र चलिरहेको छ ।
युवा पुस्ताका नेताहरू आक्रामक ढंगले आइरहेको समयमा सभापतिका लागि अहिले उपयुक्त समय आएको निधिको निष्कर्ष छ ।
‘अर्को महाधिवेशनसम्म गगन–विश्वप्रकाश–चन्द्र भण्डारीहरू नेतृत्वको दाबी गर्ने अवस्थामा आउँछन्, मेरो लागि नेतृत्व दाबी गर्ने उपयुक्त मौका यही हो,’ निधिले निकटस्थहरूसँग भनेका छन् ।
१३ औं महाधिवेशनमा देउवालाई सघाएबापत यसपटक देउवाले आफूलाई समर्थन गर्नुपर्ने निधिको तर्क छ ।
आफूलाई सभापतिमा सघाएमा चुनावपछि देउवालाई नै प्रधानमन्त्री बनाउने निधिको प्रस्ताव छ । देउवापक्षीय अन्य नेताहरूले भने निधिलाई मनाउन सुझाव दिएका छन् ।
२४ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका निधि कांग्रेसमा महामन्त्री र उपसभापति बनिसकेका छन् । उपसभापतिमा दोहोरिने कुनै इच्छा नभएको निधिले निकटस्थहरूसँग बताउने गरेका छन् ।
‘कांग्रेस सभापतिमा उम्मेदवारी दिने कुरा निधिको कुनै बार्गेनिङ होइन, बार्गेनिङ गरेर माग्नुपर्ने पद केही छैन,’ निधिलाई समर्थन गरेका प्रदेश २ का एक जिल्ला सभापतिले लोकान्तरसँग भने ।
छैन बलियो आधार
सभापतिमा उठ्ने आकांक्षा गरेपनि कांग्रेसको नेतृत्वमा पुग्नका लागि निधिलाई फलामको च्युरा चपाएसरह छ । देउवा समूहको दोस्रो वरीयतामा रहेपनि अहिलेकै केन्द्रीय समितिमा निधिको पक्षमा खुलेर लबिङ गर्ने सदस्य देखिएका छैनन् । प्रदेश २ का ८ जिल्ला र कांग्रेसको प्रभाव रहेका तराईका जिल्लाका कार्यकर्ताले समर्थन गर्ने निधिको विश्वास छ । तर सभापतिमा जित्नका लागि यतिमात्र पर्याप्त छैन् ।
‘सिटौलाजी (कृष्ण सिटौला)जस्तो उहाँले कांग्रेसमा अलग्गै धार बनाउनुभएको छैन । देउवा गुटकै एक नेता भएकाले उहाँको पक्षमा देशभर कस्तो प्रभाव छ भनेर आकलन गर्न मुस्किल छ,’ एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
प्रदेश २ मा नेपाली कांग्रेस संसदीय दलको नेता समेत रहेका कांग्रेस धनुषाका सभापति रामसरोज यादव कांग्रेसको पुर्नजीवनका लागि देउवालले अब निधिलाई अगाडि सार्नुपर्ने बताउँछन् ।
‘बीपी जस्तो दूरदर्शी नेताले निधिमा केही क्षमता देखेरै २०३६ सालमा नेविसंघको सभापति बनाउनुभएको थियो । अहिले देउवाले निधिलाई अगाडि सार्नुभयो भने कांग्रेसको इतिहासमा देउवाको नाम स्वर्ण अक्षरले लेखिने छ,’ यादवले लोकान्तरसँग भने ।
मधेशमा कांग्रेसको जनाधार खस्केको र क्षेत्रीय पार्टीको दबदबा बढेको समयमा कांग्रेसको नेतृत्व मधेशबाट निर्वाचित भएमा जनाधार फर्किने यादवको दाबी छ ।
‘आजसम्म कांग्रेसका जतिपनि सरकार बने त्यसको आधार मधेश थियो, जब मधेसमा कांग्रेस कमजोर भयो त्यसपछि कांग्रेस सत्ताबाट बाहिर रहने अवस्था भयो,’ यादवको विश्लेषण छ ।
यादवले दाबी गरेपनि निधि त्यति लोकप्रिय पनि छैनन् । आफैँ गृहमन्त्री भएको समयमा २०७४ सालको प्रतिनिधि सभामा ‘टुरिस्ट उम्मेदवार’ (अर्को क्षेत्रबाट आएका) राजेन्द्र महतोसँग पराजित भएका थिए ।
नेतृत्व हस्तान्तरणमा निधिको हस्तक्षेप
देशको अग्रणी प्रजातान्त्रिक पार्टी भएपनि नेपाली कांग्रेसभित्र आन्तरिक लोकतान्त्रीकरणको अभ्यास निकै कमजोर छ ।
बाँचुञ्जेल पार्टीको नेतृत्वमा रहिरहन मरिहत्ते गर्ने प्रवृत्ति कांग्रेस लगायतका पार्टीमा विद्यमान छ । गुटमा लागेर लाभ लिएकाले सितिमिति नेतृत्वलाई चुनौती दिन सकेका छैनन् ।
२०६४ सालको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय बेहोरेपछि नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा गरे । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनका कांग्रेसलाई शर्मनाक पराजय गराएको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामा र ‘अर्ली महाधिवेशन’मा जान युवा नेताहरूले अभियान नै सञ्चालन गरे । तर देउवाले राजीनामा गरेनन्, बरू विधानको व्यवस्थाअनुसार कार्यसमितिको कार्यकाल थपे ।
‘हारजीत जे भएपनि निधिको दाबीले एउटा गुटमा भूकम्प गएको छ, आफ्नो अडानमा अन्तिमसम्म टिक्न सके भने यसले कांग्रेसको नेतृत्व हस्तान्तरणमा बल पुग्छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
कोइरालाले पनि दिँदैछन् टक्कर
१४ औं महाधिवेशनको कार्यतालिका नै पारित भएपछि संस्थापनइतर समूहले पनि तयारी शुरू गरेको छ ।
यसपटकको महाधिवेशनमा डा. शेखर कोइरालाले एक प्रकारको माहोल सिर्जना गर्दैछन् । एक पटकका लागि सभापतिमा उठ्ने र प्रधानमन्त्रीमा दाबी नगर्ने शेखरको एजेन्डाले कांग्रेसमा तरंग ल्याएको छ ।
कांग्रेस, एमाले, माओवादी सबै पार्टीमा एकै व्यक्तिले बहुपद ओगट्ने प्रवृत्ति विद्यमान छ । एकपटक नेतृत्वमा पुगेपछि विधान संशोधन गरेरै भएपनि नेतृत्वमा रहिरहन खोज्ने प्रवृत्तिविरुद्ध एकपटक मात्र सभापति बन्ने भनेर शेखरले अगाडि सारेको एजेन्डाले कांग्रेसमा राम्रै बहस भइरहेको छ ।
कांग्रेसमा कोइराला परिवारको विरासत र केही हदसम्म सहानुभूति छ । बीपी कोइराला संस्थापक अध्यक्ष रहेको कांग्रेसमा लामो समय कोइराला परिवार नै नेतृत्वमा रहेको थियो ।
बीपीपछि गिरिजाप्रसाद कोइराला लामो समय कांग्रेसको नेतृत्वमा रहे भने देउवाभन्दा अघि सुशील कोइराला सभापति थिए ।
कोइराला परिवारका सदस्यहरूले कांग्रेसको नेतृत्व गरेको समयमा पार्टीले उपलब्धि हाँसिल गरेको कांग्रेसको इतिहास छ ।
बीपी कोइराला सभापति रहेको समय २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो ।
गिरिजाप्रसाद कोइराला सभापति रहेको समयमा पनि कांग्रेसले पटक–पटक बहुमत ल्याउन सफल भयो । किन्तु कोइराला सभापति रहेको समयमा २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा भने कांग्रेसको लज्जास्पद पराजय भयो ।
गिरिजापछि छोटो समय कांग्रेसको नेतृत्व गरेका सुशीलले त्रिपक्षीय प्रतिष्पर्धामा कांग्रेसलाई पहिलो बनाए भने संविधान सभाबाट संविधान जारी गरेको जस पनि बटुले ।
कांग्रेसकै नेतृत्वको सरकार रहेको समयमा संविधान सभाबाट संविधान जारी भएपनि त्यसपछिको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजय भयो ।
२०७४ सालको आम निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलेको थियो ।
अन्य नेताहरूले महाधिवेशनको मिति घोषणापछि मात्र चहलपहल शुरू गरे पनि शेखर कोइराला आम निर्वाचनमा कांग्रेसको पराजयपछि नै जनताबीच गएका थिए ।
उसो त रामचन्द्र पौडेल स्वयंले आफू पनि ‘कोइराला परिवारकै सदस्य’ भनेर सहानुभूति बटुल्ने कोशिश गरिरहेका छन् ।
जिन्दगीभर बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहयोगी बनेर काम गरेकाले आफू पनि कोइराला परिवारको सदस्य रहेको उनले बताउँदै आएका छन् ।
कोइराला परिवारका निकटस्थ र शुभेच्छुकहरूले भने शेखर र शशांकलाई नै मिलेर जान जोड दिइरहेका छन् ।
केही समय पहिले गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको प्रतिष्ठानले सुनसरीमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका सदस्यले एउटै माला लगाएर एकताको सन्देश दिएका थिए ।
शेखर र निधि दुवैको एजेण्डा भने आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्ने छ ।
सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री सबै पद एकै व्यक्तिले ओगट्ने परम्परालाई शेखरले उल्ट्याउन खोजेका छन् ।
महाधिवेशनमा निधि र कोइरालाको उम्मेदवारी घोषणाले कांग्रेसमा नेतृत्व हस्तान्तरणको कुरालाई जबरजस्त बहसमा ल्याएको छ ।
रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला जस्ता नेताहरूले पनि सभापतिमा उम्मेदवारी दिए भने कांग्रेस महाधिवेशनमा बहुपक्षीय प्रतिस्पर्धा हुनेछ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...