दक्षिण अफ्रिकामा एकै बेतमा विश्व कीर्तिमान बनाउने गरी दश सन्तान जन्माएको दाबी गर्ने महिला झूटी साबित भएकी छन् ।
गोसियामे सिटोले नामक ती महिलाले जुन महिनामा प्रिटोरियामा सात छोरा र तीन छोरी पाएको बताएकी थिइन् ।
तर उनका प्रेमी तेबोहो त्सोतेत्सीले सन्तानै फेला नपारेको बतायो र प्रेमिकाले पैसा कमाउनका लागि झूटो बोलेको दाबी गरे । त्यसपछि सिटोलेलाई मानसिक अस्पतालमा भर्ना गरिएको छ ।
तेम्बिसा अस्पतालका चिकित्सकहरूले हालैको समयमा सिटोलेले सन्तानै नजन्माएको बताए ।
उनी गर्भवती नै रहेको स्थानीय अधिकारीहरूको कथन छ ।
उनले एकै बेतमा १० सन्तान जन्माएको खबर दिने प्रिटोरिया न्युजका सम्पादक पिएट रामपेदीका विरुद्ध कानूनी कारवाही गर्ने घोषणा पनि सरकारले गरेको छ ।
रामपेदीले समाचार सही भएको र सरकारले ढाकछोप गर्न खोजेको भनी अड्डी कसेका थिए ।