१५ असार २०८३, सोमबार

फेसबूकको हा हा इमोजी हराम भएको भन्दै बंगलादेशी मुल्लाले दिए चेतावनी

असार १०, २०७८
फेसबूकको हा हा इमोजी हराम भएको भन्दै बंगलादेशी मुल्लाले दिए चेतावनी

बंगलादेशका प्रख्यात मुल्ला अहमदुल्लाहले फेसबूकमा पोस्टहरूमा रियाक्ट गर्न उपयोग गरिने हा हा इमोजी इस्लाममा हराम भएको बताएका छन् । 

फेसबूक र यूट्युबमा ३० लाखभन्दा बढी फलोअर भएका अहमदुल्लाहले शनिवार एउटा भिडियो पोस्ट गर्दै फेसबूकमा हा हा रियाक्ट गरेर मानिसलाई उडाउने काम गर्न हुँदैन भनी चेतावनी दिए ।

‘आजकल मानिसलाई मजाक उडाउनका लागि फेसबूकको हा हा इमोजी उपयोग गर्ने गरिएको छ । रमाइलोका लागि हा हा इमोजी प्रयोग गर्ने वा पोस्ट नै रमाइलो छ भने त्यसमा रियाक्ट गर्नका लागि हा हा इमोजी हाल्ने हो भने ठीकै छ । तर मान्छेलाई व्यंग्य गर्न वा मजाक उडान हा हा रियाक्ट गरेको हो भने इस्लाममा यो वर्जित छ,’ अहमदुल्लाहले बताए । 

त्यसपछि उनले आफ्ना फलोअरहरूलाई हा हा रियाक्ट गरेर मजाक नउडाउन सल्लाह दिए । उनकै पोस्टमा सयौंंजनाले हा हा रियाक्ट गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्