३० असार २०८३, मंगलबार

ह्याकरहरूले उडाए १०० कम्पनीको डाटा, मागे ७० मिलियन डलर

असार २१, २०७८
ह्याकरहरूले उडाए १०० कम्पनीको डाटा, मागे ७० मिलियन डलर

विश्वका ठूला १०० कम्पनीका डाटा चोरी गरिएको छ । ​डार्क वेबसाइटको रिपोर्टअनुसार चोरी भएको डाटा फर्काउन ७० मिलियन अमेरिकन डलर माग गरिएको छ । 

उक्त रकमको माग एक ब्लक ‘आरईभिल साइबरक्राइब ग्यांग’ले गरेको हो । यो एउटा रुसको लिंक्ड ग्रुप हो, जसले विश्वभर साइबर हमला गर्ने गरेको छ । 

यो संरचना एकदमै व्यवस्थित छ, जसकारण ह्याकरहरूका तर्फबाट को बोलिरहेको छ भन्ने पत्ता लगाउन मुस्किल हुन्छ । 

तर, साइबर सिक्योरिटी फर्म अलान लिस्काका अनुसार  यसअघिको रेकर्ड आरईभिलका उच्च नेतृत्वकर्ताबाट आएको  थियो । यद्यपि यस विषयमा साइबर क्रिमिनल ग्रुपका तर्फबाट केही कुरा आएको छैन । 

साइबर क्रिमिनल ग्रुपले सबभन्दा पहिले ‘मियामीबेस्ट इन्फरमेसन टेक्नोलोजी फर्म’ ह्याक गरेको थियो । त्यसपछि एकपछि अर्को गर्दै १०० कम्पनीमा साइबर हमला गरिएको हो । साइबर सेक्युरिटी फर्म ईसेटका अनुसार ह्याकरहरूले  १२ भन्दा बढी देशमा साइबर हमला गरेका छन् । 

साइबर हमलाका कारण स्वीडिस कप किराना चेनको धेरै स्टोरहरू बन्द गर्नु पर्‍यो, किनकि साइबर हमलाका कारण अनलाइन ट्रान्जेक्सन बन्द गरिएको थियो । 

यसअघि पनि आरईभिलले एक ब्राजिलको मिटप्याकर जेबीएसको सिस्टमा हमला गरेको थियो । सो कम्पनीले ह्याकरहरूलाई करिब ११ मिलियन डलर चुकाउनु परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्