
सधैं एउटै खालको खानेकुरा खाएर झ्याउ लागेको छ भने तपाईंले घरैमा नूडल सलाद बनाएर खान सक्नुहुन्छ । यो सलाद स्वादिष्ट हुनुका साथै स्वस्थ पनि हुन्छ ।
सामग्री
बन्दाकोपी आधा कप (काटेको)
भेंडेखुर्सानी एउटा (मसिनो गरी काटेको)
गाजर एउटा (मसिनो गरी काटेको)
प्याज एउटा (मसिनो गरी काटेको)
सनफ्लावर तेल एक ठूलो चम्चा
गोलभेंडा एउटा (मसिनो गरी काटेको)
नूडल्स एक कचौरा (उमालेको)
चिनी एक सानो चम्चा
कागतीको रस एक सानो चम्चा
हरियो धनियाँ एक ठूलो चम्चा (मसिनो गरी काटेको)
विधि
प्यानमा तेल तताएर नूडल्सलाई सुनौलो रंग नआउन्जेल भुट्नुस् ।
एउटा बाउलमा काटेका तरकारी, नून, चिनी र कागती राखेर मोल्नुस् ।
अब त्यसमा नूडल राखेर मिसाउनुस् ।
तयार भएको नूडल सलादलाई प्लेटमा राखेर पस्किनुस् ।