०१ असार २०८३, सोमबार

यसरी बनाउनुस् स्वादिलो मिल्कशेक

असार २४, २०७८
यसरी बनाउनुस् स्वादिलो मिल्कशेक

गर्मीमा चिसो मिल्कशेक पिउनुको आफ्नै आनन्द छ । यसले गर्मी त हटाउँछ नै, दिनभरि तरोताजा पनि राख्छ । 

आज हामी तपाईंलाई गुलाफ र काजुबदामयुक्त मिल्कशेकको रेसिपी प्रस्तुत गर्दैछौं । 

सामग्री
दूध दुई कप

गुलाफका पात दुई ठूला चम्चा

गुलाफ सिरप तीन ठूला चम्चा
 

गुलाफजल एक सानो चम्चा

काजु बदाम दुई ठूला चम्चा (काटेको)

चिनी स्वादअनुसार 

बरफ केही टुक्रा

विधि
ग्राइन्डर जारमा दूध, गुलाफ सिरप, गुलाफजल र चिनी राखेर शेक बनाउनुस् ।

त्यसलाई सर्भिङ ग्लासमा राखेर काजु बदाम राख्नुस् । 

माथिबाट गुलाफको पात र बरफ राखेर दिनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्