फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनशिपका लागि नेपाली महिला टोलीले अभ्यास गरिरहेको छ ।
मुख्य प्रशिक्षक जगदिश भट्टको संयोजकत्वमा प्रशिक्षण भैरहेको हो।
एसियन च्याम्प्यिनशिपमा पहिलोपटक सहभागी हुन लागेको नेपाली टोलीलाई कोरोना महामारी निकै बाधक बन्यो ।
समयमा नै अभ्यास थाल्न नपाउँदा नेपाली टोली निराश भएको थियो ।
देशको नामका लागि खेल्ने भन्दै कप्तान अरुणा शाहीले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको बताइन् ।
'अहिलेको हाम्रो प्रयास मेडल ल्याउनुभन्दा पनि राम्रो पफर्मेन्स देखाउनु हो,' कप्तान अरुणाले भनिन् ।
यसअघि जेठ २१ गतेबाट तयारी गर्ने भने पनि दोस्रो लहरको कोरोना संक्रमण उच्च गतिमा फैलिएसँगै खेलकुद गतिविधि ठप्प भएका थिए ।
सोही मारमा नेपाली महिला भलिबल टोलीको तयारी पनि स्थगित भएको थियो ।
एसियन च्याम्पियनसिप प्रतियोगिता नेपाली महिला टोलीका लागि ठूलो अवसर भएको र देशका लागि राम्रो नतिजा दिलाउन प्रयास गर्ने मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।
यो खेलबाट फर्केपछि खेलाडीमा मनोबल उच्च हुने र आउने साफ च्याम्प्यिनशिपमा पदक जित्ने मुख्य प्रशिक्षक भट्टको लक्ष्य छ ।
अहिलेको प्रशिक्षणको मुख्य आशय पनि आउँदो साफ च्याम्प्यिनशिपमा फोकस रहेको उनले बताए।
हेर्नुहोस्,बाँकी भिडियोमा :