×

NMB BANK
NIC ASIA

सबैको अपनत्व हुने गरी समावेशी साझा एनआरएन स्पेन बनाइनेछ :गजुरेल

साउन ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मनिषा लामिछाने

Muktinath Bank

गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष समेत रहेका छन् । समाजलाई गोलबद्ध गराउँदै खबरदारी सहित परिवर्तनको आशा बोकेका गजुरेलको पुर्खौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारका स्थायी बासि हुन ।


Advertisment
Nabil box
Kumari

विगत ६ वर्ष देखि स्पेनमा बसोबास गर्दै आइरहेका गजुरेलले नेपालमा हुँदा एभिन्युज टिभी, हिमालय टिभी, न्युज२४ टिभी, माउण्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र दैनिक लगायत विभिन्न एफएम रेडियो तथा स्थानिय पत्रिकाहरूमा पत्रकारिता गर्दथे । ६ वर्षे अवधिमा पनि उनले स्पेनमा रहेका नेपालीहरुको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर कलम चलाइरहेका छन् । विदेशी भूमीमा पनि उनले नेपाली बीचको एकता र अधिकारका लागि सक्रिय रुपमा काम गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

यस पटक भने सामाजिक संस्थामा भएको चरम राजनीति, दलगत स्वार्थपूर्तिका कामहरुविरुद्ध एनआरएनए स्पेनलाई गोलबद्ध गरी समाजलाई एकताको सन्देश दिनका लागि नै आफूले उम्मेदवारी दिएक गजुरेलले बताएका छन् । उनले नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रहि निःस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व बहन गरेका थिए । समाजलाई खबरदारी गर्न लामो समय पत्रकारिता पेशामा कलम चलाउँदैै आएका उनले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि सामाजिक काममा अग्रणी भुमिका निर्वाह गर्दै आएका छन् । उनले एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । एनआरएन समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उनले आफूले सिङ्गो टिमसँग मिलेर स्पेनमा बसोबास गर्दै आइरहेका नयाँ नेपाली पुस्ताका लागि काम गर्ने जनाएका छन् ।

गजुरेलले आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक खुल्ला पदमा आफूलाई मतदान गरी आफूले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलिदिन पनि आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x