×

NMB BANK
NIC ASIA

सरोकार समितिको सक्रियतामा बौरिँदै मेलम्ची बजार [फोटोफिचर]

साउन ३, २०७८

NTC
Premier Steels

गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको लेदोसहितको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति भयो । 

Muktinath Bank

बाढीले ल्याएको लेदोले मेलम्ची अधिकांश घर एक तलादेखि चार तलासम्म पुरेको छ । बाढीकै कारण १ सय ७६ घर प्रभावित भएका छन् । मेलम्चीमा रहेका अधिकांश व्यापार व्यवसाय सबै बाढीले पुरेको छन्, बगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार १ गते आएको बाढीले क्षति पुर्‍याएको एक महिना बितिसक्दा बाढीबाट प्रभावित स्थानीयलाई कसरी पुनःस्थापना गर्ने भन्नेबारे अझै स्थानीय र संघीय सरकारबाट प्रयाप्त चासो देखिएको छैन । 


Advertisment
Nabil box
Kumari

मेलम्ची बजारमा बालुवा र माटोले पुरिएको घरहरूबाट स्थानीयको सक्रियतामा माटो निकाल्ने काम भैरहेको छ । 

Vianet communication

पीडित समुदायको सक्रियतामा मेलम्ची बजार पुनर्निर्माण तथा नदी तटबन्ध निर्माण गर्नका लागि सरोकार समिति नै बनाएर पीडित आफैँ मेलम्चीलाई पुरानो अवस्थामा फर्काउने लक्ष्यका साथ दिनरात लागिरहेका छन् । 

सरोकार समितिकै पहलमा मेलम्ची उठाउने पहल भैरहेको छ । 

मेलम्ची नगरपालिकाबाट प्रयाप्त स्रोत साधनको उपलब्धता नभएपछि ३१ दिनदेखि निरन्तर बगरमै खटिएर स्थानीय सागरकुमार श्रेष्ठले मेलम्ची बजार पुनर्निर्माण तथा सरोकार समिति बनाएर पुरानै अवस्थाको मेलम्ची बनाउन लागिपरेका छन् । 

सरोकार समिति र हाम्रो टिम मेलम्चीको सहकार्यमा स्थानीयले निरन्तर मेलम्ची बजारको अस्तित्व जोगाउन दिनरात बगरमै खटिरहेका छन् । 

सरोकार समितिको पहलमा देश तथा विदेशमा रहेका विभिन्न स्थानीयहरूले मेलम्ची पुनःस्थापनाका लागि आर्थिक सहयोग गरिरहेका छन् । 

सोही सहयोग रकमबाट स्काभेटरहरू, बुलडोजर, टिप्परको प्रयोग गरी मेलम्ची बजारमा बाढीले पुरेका घरहरूबाट बालुवाहरू निकाल्ने काम भैरहेको छ ।  

अहिले दिनैपिच्छे मेलम्ची बजारमा बाढी विस्थापितहरू भेला हुन थालेका छन् । सरोकार समितिको सहयोगमा बजार पुर्नस्थापना लागि काम हुन थालेपछि स्थानीयको मुहारमा केही खुसी देखिन्छ । 

मेलम्ची बजार दिनहुँ छ वटा स्काभेटरको प्रयोगले पुरिएको बजारको बालुवा निकाल्ने काम भैरहेको छ । स्थानीय र केही सहयोगी निर्माण व्यवसायीदेखि जनप्रतिनिधिहरूले पनि मेलम्ची पुन:स्थापनाका लागि सहयोग गरिरहेका छन् । 

इन्द्रावती अविरल क्रसर उद्योगका अध्यक्ष उपेन्द्र श्रेष्ठ, जुगल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष, तथा विभिन्न निर्माण व्यवसायीहरूले स्काभेटर देखि ट्रकलगायतका उत्खनन् सामाग्री सहयोग गरेका हुन् । 

सरोकार समितिलाई हालसम्म १४ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध भएको छ । उक्त रकम मेलम्ची बाढी विस्थापित बासीको पुनःस्थापनाको लागि मेसिनरी औजारमा खर्च भैरहेको श्रेष्ठले जानकारी दिए । 

सहयोग आएको छ वटा स्काभेटर र ट्रकहरूलाई इन्धन खर्च साथै, अहिले एउटा स्काभेटर र डोजरलाई समितिकै पूर्ण खर्चमा सञ्चालन गरिरहेको समितिले जनाएको छ ।  

बाढीबाट विस्थापितहरू घरमा थुप्रिएको बालुवा हटाएर आफ्नै घरमा बस्न चाहन्छन्   । यसका पीडित परिवार आफैंको व्यक्तिगत खर्चमा सम्भव देखिँदैन ।

यसरी पुनःस्थापनाको लागि स्थानीय सरकारले चासो नदिएपछि पीडित समुदायलाई एक रुपैयाँ लागत पनि खर्च नगराउने गरी सरोकार समितिबाट काम भैरहेको छ । 

बाढीले पुरिएका विभिन्न सामाग्री, पशुपन्छीका कारणले अर्को महामारी फैलने खतरा बढेको र  घर अगाडि थुप्रिएको ३० देखि ४० फिट बालुवाका थुप्रोका कारण स्थानीयमा मानसिक समस्या आउने देखिन थालेपछि तत्काल हटाउनुपर्ने भएर दिनरात लागिपरेको श्रेष्ठले बताए ।

करोडौंको लगानीमा बनेका महँगो होटेल, घर तथा विभिन्न व्यवसाय बगर बनेका छन् ।

भौतिक क्षतिको मूल्यांकन गरी त्यसको क्षतिपूर्तिका लागि स्थानीय सरकारको अग्रसरतामा संघीय सरकारले तत्काल पहलकदमी थाल्नुपर्ने भएपनि हालसम्म केही हुन सकेको छैन । 

बाढी पीडित मेलम्चीबासीले छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था गर्नुपर्ने आवाज उठाइरहेका छन् । स्थानीय सरकारबाट तत्काल पुनर्वासको योजनाका लागि खासै केही पहलकदमी भएको देखिँदैन ।

प्रदेश र संघीय सरकारको आस्वासन मात्रै दिएको तर, केही  पहल नगरेकाले मेलम्चीबासी आफैँ पुनःस्थापनाको लागि जुटेका हुन् । 

गत असारमा आएको बाढीले मेलम्ची र हेलम्बुमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति भयो । 

बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, गणेश बगर, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत भयो ।  

नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बगायो । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा ध्वस्त भयो ।

सयौं घरपरिवार विस्थापित भए । अर्बौंको भौतिक क्षति भयो । हालसम्म पाँचजनाको शव फेला परेको छ भने २० जना अझै बेपत्ता छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x