०१ असार २०८३, सोमबार

ओखलढुंगामा जलेर बालिकाको मृत्यु

साउन ३, २०७८
ओखलढुंगामा जलेर बालिकाको मृत्यु

ओखलढुंगामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।

मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की ४ वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।

स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समीता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जलेर मरेका छन् । 

गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्