०७ असार २०८३, आइतबार

नागेश्वर महादेव मन्दिरमा भक्तजन लामबद्ध

साउन ४, २०७८
नागेश्वर महादेव मन्दिरमा भक्तजन लामबद्ध
प्रतिकात्मक तस्वीर

प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य संख्यामा उपस्थित भएका छन् ।

कोरोनाका कारणले मन्दिरको मूल ढोका बन्द गरिए पनि बिहानदेखि नै महिला दर्शनका लागि पूजा सामग्री लिएर लामबद्ध छन् । 

मन्दिरमा साउनको विशेष पूजार्चना नियमित हुने गरेको छ । कामपा–३२ पुरानो सिनामंगलस्थित मन्दिरका शिवको दर्शन गर्नाले मुद्दा मामिला जितिने मान्यता रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताए ।

नागेश्वर महादेवको भक्तिबाट श्रीप्राप्ति हुने, कालसर्प दोष आदि हट्ने विश्वास पनि छ ।

समितिले भक्तजनलाई मास्क र स्यानिटाइजर पनि वितरण गरेको छ । 

कमेन्ट गर्नुहोस्