
बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक पोखरीमा शनिबार नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोलकी ६ वर्षीया सृजनाकुमारी मण्डल र सोही ठाउँकी पाँच वर्षीया अञ्जलीकुमारी मण्डल रहेका छन् ।
स्थानीय दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउन गएका दुवै बालिका डुबेका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।
अस्पतालमा चिकित्सकले दुवै बालिकाको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।