
संसारमा अनेक दृश्य देखिन्छन्, जसले मानिसलाई झुक्याउँछ । यस्तै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दृश्यमा घोडा हिँडिरहेको देखिन्छ तर अगाडि हो कि पछाडि ? छुट्याउन सकिँदैन ।
घोडाले खुट्टा चलाइरहेको छ तर अगाडि हिँडेको सोच्दा अगाडि हिँडेको देखिन्छ भने पछाडि गएको सोच्दा पछाडि हिँडेको देखिन्छ ।
सामाजिक सञ्जालमा भइरहेको बहस अनुसार जसले घोडा अगाडि गइरहेको देख्छन्, उनीहरू ‘लेफ्ट ब्रेन’ सक्रिय भएका व्यक्ति (विश्लेषण, तर्क, तथ्य केन्द्रित) हुन् भने घोडा पछाडि गएको देख्नेहरू ‘राइट ब्रेन’ सक्रिय भएका व्यक्ति (सिर्जनशील, चिन्तनशील र खुला सोच केन्द्रित) हुन् ।
बहसकै क्रममा सामाजिक सञ्जालमा जवाफ आएको छ – घोडा कतै पनि हिँडिरहेको छैन, खुट्टा मात्रै चलाइरहेको छ अर्थात् जगिङ्ग गरिरहेको छ ।
भिडियो हेर्नुस्, आफ्नो धारणा राख्नुस् –
Which way is the #horse going, backward or forward? If you see it going forward you are likely to be a left-brained person (#analytical, logical and fact-oriented). You are right-brained if you see it going backward (#creative, #intuitive, a free thinker). pic.twitter.com/7pU8ADRxuM
— Damayanti Datta (@DattaDamayanti) July 19, 2021