०१ असार २०८३, सोमबार

कोरोना तेस्रो लहरको तयारीका लागि देउवालाई विज्ञको १८ बुँदे सुझाव, क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह

कोरोना तेस्रो लहरको तयारीका लागि देउवालाई विज्ञको १८ बुँदे सुझाव, क्षमतावान स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह

नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई इमानदार र क्षमतावान व्यक्तिलाई स्वास्थ्य बनाउन आग्रह गरेको छ । 

कोरोना संक्रमण तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिँदै प्रतिष्ठानले योग्यता, क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएका व्यक्तिलाई स्वास्थ्यमन्त्री तत्काल नियुक्त गर्न आग्रह गरेको हो । 

राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने स्वास्थ्यमन्त्री हुनुपर्ने प्रतिष्ठानको भनाइ छ । 

यस्तै तेस्रो लहरको तयारीका लागि अस्पतालहरूमा बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । सीमामा 

१८ वर्षमाथिकालाई यथाशीघ्र खोप लगाउनुपर्ने, 

सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्नुपर्ने, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्ने

केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाव दिइएको छ । 

सुझाव पत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रिराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा.छत्र अमात्य, डा. शरद वन्तलगायतको हस्ताक्षर छ। 

 

salt training

कमेन्ट गर्नुहोस्