
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई इमानदार र क्षमतावान व्यक्तिलाई स्वास्थ्य बनाउन आग्रह गरेको छ ।
कोरोना संक्रमण तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिँदै प्रतिष्ठानले योग्यता, क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएका व्यक्तिलाई स्वास्थ्यमन्त्री तत्काल नियुक्त गर्न आग्रह गरेको हो ।
राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने स्वास्थ्यमन्त्री हुनुपर्ने प्रतिष्ठानको भनाइ छ ।
यस्तै तेस्रो लहरको तयारीका लागि अस्पतालहरूमा बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । सीमामा
१८ वर्षमाथिकालाई यथाशीघ्र खोप लगाउनुपर्ने,
सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्नुपर्ने, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्ने
केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाव दिइएको छ ।
सुझाव पत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रिराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा.छत्र अमात्य, डा. शरद वन्तलगायतको हस्ताक्षर छ।