२० असार २०८३, शनिबार

स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो ललितपुरको गोदावरी

स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो ललितपुरको गोदावरी

ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ ।  

देशैभरका ७५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् । 

ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो । 

दीक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्