×

NMB BANK
NIC ASIA

कोरोनाको चपेटामा व्यवसाय

कोरोना संकटमा नयाँ ट्रेन्ड: भाडा तिर्न नसक्दा घरबेटीलाई होटल नै बुझाएर पलायन हुँदै व्यवसायी

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुरका सुकबहादुर थिङले करीब ३ वर्षअघि कलंकीमा न्यु दामन पालुङ गेस्ट हाउस सञ्चालनमा ल्याए ।

Muktinath Bank

विगतमा सामान्य होटल चलाएको अनुभवले उनले पछिल्लो समय गेस्ट हाउसमा लगानी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ७ लाखमा सञ्चालनमा ल्याएको गेस्ट हाउस शुरूआती महिनामा त राम्रै चल्यो । आम्दानी राम्रो थियो । उनी खुशी थिए । 


Advertisment
Nabil box
Kumari

तर गेस्ट हाउस सञ्चालनमा ल्याएको करीब १ वर्षपछि उनले सोचेजस्तो भएन । 

Vianet communication
Laxmi Bank

मुलुकभर कोरोना महामारी फैलियो । २०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गर्‍यो ।

लकडाउनसँगै थिङको गेस्ट हाउस पनि बन्द भयो ।

कोरोना महामारी बढ्दै गयो, सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्दै गयो । 

गेस्ट हाउस चलाउने अवसर नै मिलेन । यत्तिकैमा उनले आफ्नो गेस्ट हाउस घरबेटीलाई बुझाइदिए । 

‘लकडाउनको समयमा मैले भाडा तिर्न सकिनँ । निकै गाह्रो भयो । त्यसकारण घरबेटीलाई गेस्ट हाउस बुझाएको हुँ,’ थिङले लोकान्तरसँग भने ।

मासिक रूपमा उनले घरबेटीलाई ७५ हजार रुपैयाँ भाडा तिर्नुपर्दथ्यो । अवस्था सामान्य हुँदा त उनलाई कुनै समस्या भएन । तर लकडाउनले व्यवसाय बन्द भएपछि समस्या पर्‍यो । 

घरबेटीसँग सहमति गरेर उनले लकडाउनपछि मासिक ४५ हजार रुपैयाँ भाडा तिर्न थाले । तर लकडाउन लम्बिँदै जाँदा उनलाई त्यो भाडा पनि तिर्न पनि मुस्किल हुन थाल्यो । 

‘मैले घरबेटीलाई भाडा तिर्न सक्दिनँ, गाह्रो भयो भनेँ । घरबेटीले छूट दिने कुरै गरेनन्,’ उनले भने, ‘त्यसपछि घरबेटीलाई नै गेस्ट हाउस छाडिदिने निर्णय सुनाएँ, उनले माने ।’

अहिले दुवै जनाको सहमतिमा आफूले गेस्ट हाउस घरबेटीलाई छाडिदिएको उनले बताए ।

गेस्ट हाउस छाडेपछि अहिले उनी खाली छन् । कोरोना साम्य भएपछि के गर्ने भन्ने सोच्दैछन् । तर यही गर्छु भन्ने भइसकेको छैन । 

उनी भन्छन्, ‘होटल क्षेत्रमै लगानी गर्ने अवस्था हुन्छ कि हुँदैन, के गर्ने होला र खै ?’

****

सुकबहादुर थिङमात्र हैन, कलंकीमै गेस्ट हाउस चलाउँदै आएका सिन्धुलीका इन्द्रबहादुर कर्माचार्यको पनि कहानी उस्तै छ । 

करीब ७ वर्षअघि उनले कलंकीमै न्यू सत्कार गेस्ट हाउस सञ्चालनमा ल्याए ।  व्यवसाय राम्रै चलिरहेको थियो । तर विगत २ वर्षदेखि भने ठप्प रह्यो । 

मासिक ७५ हजार भाडा तिर्दै आएका उनलाई पहिलो लकडाउनमा नै समस्या भयो । लकडाउन शुरू भएसँगै उनले भाडा तिर्न सकेनन् । 

बीचमै घरबेटीले भाडाका लागि ताकेता गर्न थाले । अहिले समस्या छ, केही समय पर्खनुस्, कमाएर तिर्छौँ समेत भनेका थिए, तर घरबेटीले मानेनन् । 

उनी सुनाउँछन्, ‘लकडाउनका समयमा भाडा तिर्न सकिएन । भाडा आजै चाहियो, नत्र खाली गर भन्ने कुरा घरबेटीबाट आयो । विस्तारै कमाएर तिर्छौँ, भनेर भन्यौँ । तर घरबेटीले छोरी अमेरिकामा छ, उसलाई खर्च पठाउनुपर्‍यो भन्न थाले ।’

घरबेटीले पटक–पटक ताकेता गरेपछि उनले गेस्ट हाउस सुम्पिदिने निर्णय गरे । यसमा घरबेटी पनि राजी भए । 

‘केही समयका लागि होल्ड गरिदिन वा सहजीकरण गरिदिन हामीले धेरैतिर आग्रह गर्‍यौँ, तर सम्भव भएन । त्यसपछि गेस्ट हाउस नै घरबेटीलाई सुम्पिदिएँ ।’

****

काठमाडौंको निकै व्यस्त क्षेत्र हो, ठमेल क्षेत्र ।

पर्यटन व्यवसायी सागर पाण्डेले ठमेलमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । 

यस्तै ठमेलमै ट्राभल कम्पनी सञ्चालन गरेका छन् । 

कोभिड १९ शुरू भएसँगै उनको व्यवसाय अहिले ठप्प छ ।

ठमेलमा उनको रेष्टुरेन्ट थियो– द शिप रेष्टुरेन्ट । 

कोरोना महामारी लम्बिँदै जाँदा उनले सो रेष्टुरेन्ट बन्द गरे । 

२०७२ सालमा शुरू भएको सो रेष्टुरेन्ट २०७७ भदौमा बन्द गरिएको व्यवसायी सागर बताउँछन् । 

रेष्टुरेन्ट चलाएबापत घरबेटीलाई महिनाको साढे २ लाख भाडा तिर्नुपर्दथ्यो । 

केही समय त उनले भाडा तिरिरहे । पछि थप भाडा तिर्न समस्या हुने भएपछि उनले घरबेटीलाई नै रेष्टुरेन्ट सुम्पिए । 

उनी अहिले अर्को होटल समेत बिक्रीका लागि प्रयासरत छन् । 

ठमेलको ‘होटल यात्री’ उनको हो । उनी अहिले त्यसलाई बिक्री गरेर थप सेक्योर हुन चाहन्छन् । 

‘मिलेसम्म अहिले यसलाई बिक्री गर्छु । यसमा खर्च पनि धेरै लाग्ने भयो । अहिले समस्या भइरहेको समयमा आफूलाई सेक्योर गर्ने सोच छ,’ पाण्डेले भने ।

****

उनीहरूमात्रै हैन काठमाडौं उपत्यकाका अहिले घरबेटीलाई होटल, रेष्टुरेन्ट तथा गेस्ट हाउस सुम्पिने ट्रेन्ड नै चलेको छ । 

शंखमुल, सुन्धारा, कोटेश्वर, गौशाला, नयाँ बसपार्क लगायतका स्थानमा रहेका होटल तथा गेस्ट हाउसहरू धमाधम घरबेटीले बुझ्न थालेका छन् । 

कोरोना महामारीका कारण होटल तथा रेष्टुरेन्ट चल्न नसक्दा व्यवसायीहरू पलायनको दिशामा गएको होटल व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बाग्मती प्रदेशमा मात्रै करीब ३० प्रतिशत व्यवसायीले घरबेटीलाई चाबी बुझाएका छन् ।

नुवाकोट, चितवन, धादिङ, सिन्धुली लगायतका जिल्लामा रहेका होटलहरू धमाधम घरबेटीलाई छाडिदिन थालेको महासंघका बाग्मती प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले लोकान्तरलाई जानकारी दिए । 

उनले भने, ‘पछिल्लो अपडेटअनुसार हाम्रो प्रदेशमा मात्रै करीब ३० प्रतिशत व्यवसायीले घरबेटीलाई चाबी बुझाएको पाइएको छ ।’ 

पहिलो चरणको लकडाउनमा घरबेटीलाई करीब २० प्रतिशत व्यवसायीले होटल तथा गेस्ट हाउसको चाबी बुझाएका थिए । दोस्रो चरणमा भने ३० प्रतिशत व्यवसायीले निकै समस्यामा परेर घरबेटीलाई चाबी सुम्पिएको पाइएको उनको भनाइ छ । 

उनका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौंका व्यवसायीले बढी मात्रामा होटल तथा गेस्ट हाउसको चाबी घरबेटीलाई सुम्पिएको पाइएको छ । 

उप्रेती भन्छन्, ‘काठमाडौंका विभिन्न ठाउँमा व्यवसायीहरूले घरबेटीलाई चाबी सुम्पिएका छन् ।’

सरकारले लकडाउन जारी गरेको शुरूको वर्षभन्दा पनि अहिले निकै गाह्रो भएको व्यवसायीहरूको भनाइ छ । 

पोहोरदेखि पेन्डिङ रहेको भाडा तिर्न अहिले लकडाउन खुकुलो भएसँगै घरबेटीले ताकेता गरिरहेका छन्, जसले गर्दा निकै गाह्रो भएको अवस्था छ,’ काठमाडौंको सुन्धारामा गेस्ट हाउस सञ्चालन गर्दै आएका एक व्यवसायीले भने । 

होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले पनि विस्तारै निषेधाज्ञा खुकुलो हुँदै गएपछि होटल क्षेत्रलाई बढी मार परेको सुनाए । ‘विगतदेखिको भाडा तिर्न बाँकी छ, नतिरौँ घरबेटीले कराउँछन्, तिरौँ, कसरी तिरौँ  । व्यवसायीहरू मारमा परेका छन्,’ उनले भने । 

आफूहरूले घरभाडाको समस्यालाई केही हदसम्म सम्बोधन गरिदिन सरकारको ढोका ढक्ढक्याएको भए पनि कुनै पहल नभएको उनको गुनासो छ । ‘हामीले पर्यटन मन्त्रालयसँग पनि कुरा गर्‍यौँ, उद्योगसँग पनि र अर्थसँग पनि, तर जोसँग कुरा गरेपनि समस्या समाधान भएन,’ उनले भने ।

पर्यटन पकेट क्षेत्रमा पनि अवस्था उस्तै 

माथि उल्लेख गरिएका होटल तथा गेस्ट हाउसहरू पर्यटनकेन्द्रित भने होइनन् । सानादेखि मझौला होटलसम्मको अवस्था दयनीय देखिँदा पर्यटनकेन्द्रित होटलहरूमा पनि अवस्था उस्तै देखिन्छ । 

आन्तरिक तथा बाह्य पर्यटकका लागि पकेट क्षेत्र मानिने काठमाडौं, पोखरा, चितवन, सौराहा, तनहुँ लगायतमा रहेका पर्यटकीय होटलहरू पनि टिक्नलाई धौधौ परिरहेको छ । 

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले दोस्रो पटकको निषेधाज्ञाका कारण पोखराका करीब २५ प्रतिशत व्यवसायी विस्थापित भएको बताएका छन् ।

उनका अनुसार अघिल्लो लकडाउनमा करीब २५ प्रतिशत व्यवसायी पलायनको अवस्था थियो । यद्यपि पछि अलिअलि होटल सञ्चालनमा आउँदा केही राहत मिले पनि अहिले त उनीहरू विस्थापित नै भएका छन् ।  

यता तनहुँमा पनि धेरै होटल व्यवसायीहरू विस्थापित भएका छन् । 

क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले करीब १६ सय साना होटलहरूमध्ये डेढ सयभन्दा बढी होटलहरूले तालाचाबी सुम्पिएको उनले सुनाए । 

‘कतिपयले भाडामा चलाएका छन् भने कतिपयले आफ्नै घरमा चलाएका छन् । तीमध्ये भाडा तिर्न नसक्नेहरूले छाडेका छन् ।’

यता क्षेत्रीय होटल एसोसिएसन चितवनका अध्यक्ष दीपक भट्टराई पछिल्लो समय भाडामा चलाएकाहरू धेरैले होटल छाडेको बताउँछन् । उनले भने, ‘दोस्रो लकडाउनमा भाडामा चलाउनेहरूमध्ये अधिकांशले छाडेको पाइएको छ ।’

यता होटल एसोसिएसन नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महत होटल क्षेत्रमा समस्या परेको भए पनि पर्यटकीय होटलहरूमा भने होटल छाडेको नपाइएको बताएका छन् । 

‘जसले पर्यटनलाई नजिकबाट होटल क्षेत्रमा लगानी गर्नुभएको छ, उहाँहरूले छाड्नुभएको छैन । समस्या परे पनि समस्या सुल्झाउनतर्फ लाग्नुभएको छ,’ उनले भने ।

कतिपय होटल व्यवसायीहरूले महिनाको ६ लाख वा सोभन्दा बढी समेत भाडा तिरेर होटल चलाइरहेको र शुरूआती समयदेखि नै तिर्न समस्या भइरहेको उनले सुनाए ।

यद्यपि पलायन हुने वा होटल पर्यटन छोड्ने अवस्था आउन नदिनेतर्फ नै जोड दिइरहेको समेत उनले बताए । 

‘दिगो पर्यटन विकासका लागि बुझेर आउनुभएका व्यवसायीहरूले समस्या समाधानका लागि बाटो खोजिरहेका छन्,’ उनले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x