०३ असार २०८३, बुधबार

मोरङमा दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङमा दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-९, तीनखुटिया भन्ने स्थानमा बिहीवार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

भित्री सडकखण्डअन्तर्गत दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा आउँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल विद्युत् पोलमा ठोक्किँदा चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिएका छन् । 

मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्