०७ असार २०८३, आइतबार

अवैध मदिरा उत्पादन गर्ने चिनियाँ नागरिक पक्राउ

अवैध मदिरा उत्पादन गर्ने चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा मदिरा उत्पादन गर्ने चिनियाँ नागरिकलाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । 

महाशाखाको विशेष टोलीले आज काठमाडौंको ठमेलस्थित छिन्ता लामाको घर भाडा लिएर अवैध मदिरा बनाउँदै आएका चिनियाँ नागरिक ५६ वर्षीय शी चीवेलाई पक्राउ गरेको हो । 

उनले वैशाख १० गते होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरेर अवैधरुपमा मदिरा उत्पादन गर्दै आएका थिए ।  

प्रहरीले मदिरा उत्पादन गर्ने मेसिन, त्यसमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ ।

चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्यांकी, मदिरा तौल गर्ने मेसिन, रातो हरियो रङको ८० लिटरको प्लाष्टिक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पदार्थ ड्रम ११३ थान समेत बरामद गरेको छ । उनलाई कानूनी कारवाही र थप अनुसन्धानका लागि राजस्व कार्यालय महाराजगञ्ज पठाइएको महाशाखाले  जनाएको छ ।

कमेन्ट गर्नुहोस्