पतिपत्नीबीच घरमा सामान्य विवाद भइरहन्छ तर शौचालय जाने विषयमा पनि झगडा भएको घटना कमैले सुनेका होलान् ।
किडस्पोटमा प्रकाशित रिपोर्ट अनुसार एक जना महिला आफ्ना पति शौचालय गएर घण्टौंसम्म बसिदिने बानीले हैरान छिन् ।
उनका पति दैनिक ४ घण्टा शौचालयमै बिताउँछन् । ती पतिलाई शौचालय त्यतिबेला जानुपर्छ, जतिबेला पत्नीले कतै घुम्न जानुपर्ने होस्, खाना खाने समय होस् वा घरमा कोही पाहुना आएका होउन् ।
पतिको यस्तो हर्कतले महिला हैरान छिन् । उनीहरू नयाँ घरमा सरेपछि यो समस्या बढी देखिएको छ । पतिले घण्टा शौचालयमा बिताउँदा पत्नीले गुनासो गरेपछि झगडा समेत हुने गरेको छ ।
एकदिन पतिपत्नी रेस्टुरेन्टमा गएको बेला ठूलै गडबडी भयो । वेटरले खाना ल्याउनै लागेको बेला पति शौचालय जान लागे । पत्नीले रोकेर छिट्टै आउन आग्रह गरिन् । पत्नीलाई एक मिनेटमै आउँछु भनेर गएका पति पाँच मिनेटसम्म पनि आएनन् । पत्नीले फोन गरिन्, फोन उठाएनन् । शौचालयमै १५ मिनेट बितेपछि म्यासेज पठाइन् – खाना टेबुलमा आइसकेको छ ।
कुनै जवाफ नआएपछि पत्नी आफैं बाथरूपमा पुगिन् र बाहिरबाट आवाज दिइन् । पतिले केही सेकेन्डमा आउँछु भनेर जवाफ फर्काए ।
पत्नी बाथरूम बाहिर पर्खिरहिन् तर पति आएनन् । त्यसपछि आक्रोशित पत्नी एक्लैले खाना खाइन् र घर फर्किइन् । शौचालयमै लामो समय बिताउने उनको बानीले अरु आफन्त समेत हैरान छन् ।
आफ्ना पतिको बानीबारे कुरा गर्दा ती पत्नीलाई अधिकांशले ४ कारण बताउने गरेका छन्ः १. शौचालयमा गएर मोबाइलमा लामो समय अनलाइन खेल खेल्न सक्छन्, २. फोनमा अश्लील भिडियो हेर्ने बानी हुनसक्छ, ३. शौच सम्बन्धी केही रोग हुनसक्छ, ४. कसै महिलासँग लभ चक्कर हुनसक्छ र शौचालयमा गएर कुरा गरेको हुनसक्छ ।