अमेरिकाको फिलाडेल्फियाबाट मायामी गइरहेको एक विमानमा एक यात्रुले विमानका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि उनलाई टेपले सीटमा बाँधेर ठिंगुर्याइएको छ ।
म्याक्सवेल बेरी नामक ती यात्रुले टन्न रक्सी पिएर विमान कर्मचारीको शरीरमा छामछुम गरेका थिए ।
उनले खाली कप कर्मचारीको नितम्बमा टाँसेका थिए । उनले बेरीलाई मलाई छुने हैन भनेकी थिइन् ।
बेरीले त्यसपछि शर्टमा रक्सी पोखे र बाथरूम गए । उनी नांगै बाहिर आएपछि विमान कर्मचारीले क्यारीअन लगेजबाट सफा शर्ट झिकेर दिएका थिए ।
लगभग १५ मिनेट प्यासेजमा डुलेपछि बेरीले दुईजना विमान कर्मचारीको स्तन समातेका थिए ।
त्यसपछि उनले पुरुष कर्मचारीको मुखमा मुक्का हानेका थिए ।
बेरीको भन्दा पछाडिको सीटमा बसेका आल्फ्रेडो रिभेराले उनलाई रोक्न खोजे तर बेरीले दुर्व्यवहार जारी राखे ।
बेरीलाई टेपले सीटमा बाँधेको भिडियो रिभेराले खिचे अनि अन्य यात्रुले यो दृश्य हेरिरहे ।
फ्रन्टियर विमान अवतरण गरेपछि बेरीलाई तीन विभिन्न अपराध गरेको आरोप लगाएर मायामी-डेड काउन्टी कारागार चलान गरियो ।
फ्रन्टियर एयरलाइन्सले घटनाको पुष्टि गर्दै घटनामा संलग्न विमान कर्मचारीलाई अनुसन्धान पूरा नहुन्जेल उडानमा जान नदिने बताएको छ ।
Cell phone video you’ll only see on @WPLGLocal10 shows a @FlyFrontier flight attendant duct taping an unruly passenger to his seat on Flight 2289 from Philadelphia to @iflymia. @MiamiDadePD says Maxwell Berry groped two flight attendants and punched a third. pic.twitter.com/SSLpCer8wh
— Madeleine Wright (@MWrightWPLG) August 3, 2021