०५ असार २०८३, शुक्रबार

यसरी फेरिँदैछ मानसिक सन्तुलन गुमाएकाहरूको दैनिकी (फोटोकथा)

कात्तिक २०, २०७४
यसरी फेरिँदैछ मानसिक सन्तुलन गुमाएकाहरूको दैनिकी (फोटोकथा)
काठमाडौं, २९ जेठ – ललितपुर एकान्तकुनास्थित नेपाल स्नेही काखमा रहेका आठजना मानसिक सन्तुलन गुमाएकाहरूलाई जीवनमा सुधारका लागि दिनप्रतिदिन प्रयास गर्दै आइरहेका छन् ।

चार वर्षीय बालकदेखि ६५ वर्षीया वृद्धसम्म उक्त सुधार केन्द्रमा रहेका छन् । करीब दुई वर्षअघिदेखि सञ्चालनमा आएको उक्त सुधार केन्द्रले आफ्नै खर्चमा मानसिक सन्तुलन गुमाएकाको स्याहारसुसार गरिरहेको छ । नाटक लगायत विभिन्न कार्यक्रम गरी सुधार केन्द्रका लागि रकम जुटाउँदै आएकी छिन् सञ्चालिका नेहा पोखरेलले ।

काठमाडौंको सडकमा भौंतारिरहेका मानसिक सन्तुलन गुमाएका महिलाहरूलाई सुधार केन्द्रमा ल्याएर नियमित उपचार र रेखदेख गरिने पोखरेल बताउँछिन् ।

नियमित उपचार र काउन्सलिङका कारण कतिपय बिरामी सामान्य भइसकेका छन् भने कतिपयमा क्रमिक सुधार हुँदैछ । स्नेह, स्याहार र उपचार पाएमा मानसिक समस्या भएकाहरूले पनि पुनर्जीवन पाउने उनीहरूको स्याहारमा लागेकाहरू बताउँछन् ।

हेरौं, सुधारकेन्द्रमा उनीहरूको दिन कसरी बित्छ ।

मानसिक सन्तुलन गुमाएका ४ बर्षीया बालिका बिहान नाच्दै ।


बिहान शारीरिक अभ्यासका क्रममा ।


पानीको जार ल्याउँदै ।


लिपिस्टिक लगाउँदै देवी ।






दाताले बिहान खाना खुवाउँदै ।













बेलुकी निदाउँदै ।


मेरीका साथमा नेपाल स्नेह काखकी नेहा पोखरेल ।




नियमित बेलुकीको औषधी खुवाउँदै नेहा ।




हात हेर्दै गरेकी देवीका साथमा अन्य ।


नेपाल स्नेही काखमा रहेका मानसिक सन्तुलन गुमाएका दिनप्रतिदिन प्रगति गर्दैछन् । उनीहरुको सहयोगको लागि सम्पर्क, नेहा पोखरेल  ९८०३८०९७२१

salt training

कमेन्ट गर्नुहोस्