१० असार २०८३, बुधबार

दुबईमा उखुम गर्मी भएपछि ड्रोनले बादलमा विद्युतीय झड्का दिएर पानी पार्दै वैज्ञानिकहरू (भिडियो)

कात्तिक १, २०७८
दुबईमा उखुम गर्मी भएपछि ड्रोनले बादलमा विद्युतीय झड्का दिएर पानी पार्दै वैज्ञानिकहरू (भिडियो)

संयुक्त अरब अमिरातको दुबईमा उखरमाउलो गर्मी भएपछि सरकारले वैज्ञानिकहरूको सहायता लिएर पानी पार्न थालेको छ । 

आकाशमा ड्रोन उडाएर त्यसको विद्युतीय चार्ज उपयोग गरी बादलबाट पानी पार्न थालिएको हो । वैज्ञानिकहरूले यसरी कृत्रिम तरिकाले पानी पारेको भिडियो फूटेज केही साताअघि सार्वजनिक भएको थियो । 

यसरी बादललाई पानी पार्न लगाउने उपायले संसारका अन्य भेगमा सुक्खाको अवस्था आएमा समाधान गर्न सकिने भएको छ । यसले वातावरणलाई नकारात्मक असर पार्दैन । 

यूएईमा वर्षको चार इन्च मात्र पानी पर्छ । सरकारले यसरी ड्रोनमार्फत विद्युतीय चार्ज गरेर बादलबाट पानी पारेर लूको असर न्यूनीकरण गर्न सकिने आशा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्