३० असार २०८३, मंगलबार

यी हुन् सर्वाधिक कमाइ गर्ने सेलेब्रिटी

कात्तिक २०, २०७४
 यी हुन्   सर्वाधिक कमाइ गर्ने सेलेब्रिटी

काठमाडौं, ३० जेठ — धनीहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स पत्रिकाले संसारमा सर्वाधिक कमाइ गर्ने शीर्ष सय सेलेब्रिटीहरूको नाम सोमवार सार्वजनिक गरेको छ ।


–याप गायक सीन ‘डिड्डी’ कोम्ब्स सूचीमा प्रथम स्थानमा छन् । गत वर्ष सूचीको २२औं स्थानमा रहेको सीनले यो वर्ष १३ करोड डलर कमाएका छन् ।

दोस्रो स्थानमा गायिका बियोन्से र तेस्रो स्थानमा बेलायती लेखिका जेके रोलिङ छन् ।

सूचीमा जम्मा १६ प्रतिशत महिलाहरू छन् ।

शीर्ष दशको कुरा गर्दा सांगीतिक क्षेत्रका ६, लेखक दुई र खेलाडी दुईजना समावेश छन् ।

शीर्ष दश यी हुन् :

१ सीन डिड्डी कोम्ब्स

२ बियोन्से नोलेस

३ जेके रोलिङ

४ ड्रेक

५ क्रिस्टियानो रोनाल्डो

६ द विकन्ड

७ हावर्ड स्टर्न

८ कोल्डप्ले

९ जेम्स प्याटरसन

१० लेब्रोन जेम्स

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्