१२ साउन २०८३, मंगलबार

बेपत्ता पारिएकाका परिवारद्वारा विद्रोहको चेतावनी

बेपत्ता पारिएकाका परिवारद्वारा विद्रोहको चेतावनी

सरकारलाई बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले काठमाडौंमा आयोजना गरेको बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दूराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिएकी हुन् ।

 अन्तर्राष्ट्रिय सम्झौताहरुले न्याय नपाए बिद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताइन् ।

अन्तरक्रियामा बोल्दै पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताइन् ।  पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए ।  उनले कोठा र होटलमा कार्यक्रम गरेर गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने बताए । उनले राजनैतिक रुपमा वकालत हुनेगरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने बताए ।

कार्यक्रममा पीडितहरु वर्तमान सरकार र नेतृत्वले बेपत्ता परिवार, घाइतेको आवाज नसुनेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्