×

NMB BANK
NIC ASIA

हराएको ३३ वर्षपछि स्वदेश फर्किन पाउँदा डंगौरा खुशी

भदौ १९, २०७८

NTC
Premier Steels

कैलालीको जानकी गाउँपालिका–७ टिकलीगढका लोकुन डंगौरा थारुको जीवन ३३ वर्षसम्म अन्धकारमा बित्यो । जवानी छँदा सुखी जीवनको सपना बुन्दै ३३ वर्ष अगाडि डंगौरा रोजगारी खोज्दै भारतको सिमला गए नाबालक छोरासहित परिवार छाडेर ।

Muktinath Bank

निरक्षरका साथै मानसिक बिरामी समेत रहेका उनी स्वदेश फर्किनै सकेनन् । भारतमै हराइरहे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता परिवारजनको बिचल्ली भयो । नाबालक छोरा रामबहादुर चौधरीलाई छाडेर पत्नी पोइल गइन्, परिवारै उजाडियो ।


Advertisment
Nabil box
Kumari

२९ वर्षको उमेरमा घरबाट निस्केका उनी हाल ६२ वर्षका भए । जीवनको लामो समय भौतारिएका उनी घर फर्किएका छन् । प्रहरीको सहयोगमा भदौ १७ गते उनी घर फर्किएका छन् ।

Vianet communication

हाल उनका छोरा रामबहादुर ३८ वर्षका छन्, रामबहादुरका २ सन्तान छन् । 

बुवा र आमाको माया र ममताबाट वञ्चित भएका उनी सानैदेखि गोठाला बने । उमेर बढ्दै गएपछि जमिनदारको घरमा कमैया बसे । १८–१९ वर्ष कमैया बसेको बताउने रामबहादुर कमैया मुक्तिपछि जन्म स्थान टिकलीगढ फर्केको सुनाउँछन् । पछि टीकापुर नगरपालिका–१ शक्तिनगर मुक्तिकमैया शिविरमा पुनःस्थापना भएको बताउँदै बुवा बेपत्ता भएपछि जीवनको लामो समय निकै कष्टकर जीवन बिताएको रामबहादुर बताउँछन् तर बुवासँगको भेटपछि उनी निकै हर्षित भएका छन् ।

रामबहादुर भन्छन्, ‘अभिभावक नहुँदाको पीडा कति हुन्छ, मलाई थाहा छ । लामो समयपछि पनि हराइरहेका बुवा पाउँदा धैरै खुशी छु । मैले त आशा मारिसकेको थिए । आज हाम्रो पारिवारिक पुनर्मिलन भएको छ । यो पुनर्मिलन गराइदिएकोमा नेपाल प्रहरीप्रति आभारी छु ।’ 

प्रहरीको प्रयास

कामको सिलसिलामा भारतको सिमला गएदेखि बेपत्ता अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपश्चात प्रहरी डंगौराको खोजीमा थियो । भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट डंगौरा भारतको बिहारमा फेला परेको र निजले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको पत्ता लगायो ।

तत्काल भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न प्रहरीले पहल थाल्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले डंगौरालाई फेला पार्ने भारतको बिहार राज्यको गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादवमार्फत सम्पर्क गर्‍यो ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हालको अवस्थामा लोकुन डंगौरा थारु सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहे तापनि निजसँग भिडियो च्याटमा कुराकानी गर्दा निजले आफ्नो घर टीकापुरको मुनुवा आसपास भएको बताउनुभयो । यता निजको फोटोसहित गाउँघरमा निजको घर तथा आफन्तजन पत्ता लगाउन ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी परिचालन गरेका थियौं ।’   

प्रहरी उपरीक्षक अधिकारीका अनुसार २५ अगस्त (भदौ ९ गते) गया जिल्ला बाराचट्टी बस्ने यादवले डंगौरालाई गयास्थित नेसनल हाईवेमा फेला पारेका थिए । पछि आफ्नो घरमा ल्याई सोधखोज गरी नेपालमा सम्पर्क गरेका थिए तर निज १० गते बिहान त्यहाँबाट निस्की हिँडेकोमा सन्दिप यादवले पुनः खोजतलास गरी आफ्नो घरमा राखेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले डंगौराको घर, ठेगाना र आफन्तको यकिन गरेपछि भारतीय प्रहरी र सन्दिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा हस्तान्तरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सामा डंगौराका छोरा रामबहादुर तथा प्रहरीलाई पठाई कैलाली ल्याइएको छ ।

कैलाली प्रहरीले डंगौरालाई उनका छोरा रामबहादुर चौधरीको जिम्मा लगाइ पारिवारिक पुनर्मिलन गरिएको छ ।
 
घर फर्किएपछि डंगौरा निकै खुशी भएका छन् । मानसिक बिरामी र भौतारिँदै बेपत्ता भएका उनले जीवनको उत्तराद्र्धमा नयाँ जीवन पाएका छन् । जन्म दिने अभिभावक, ज्येष्ठ नागरिक भगवानकै रूप रहेको डंगौराका छोरा रामबहादुर चौधरीको सुखानुभूति छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x