×

NMB BANK
NIC ASIA

दोस्रो दिन पनि संसदमा तनाव

स‌सद्‌मा बलजफ्ती प्रतिस्थापन विधेयक, झनै चर्कियो सभामुख–प्रतिपक्ष द्वन्द्व

‘कर्मचारीले लेखेर दिएको पढ्नेबाहेक सभामुखले किन अवरोध गरेको भन्नेबारे छलफल नै गर्नुभएन’

भदौ २५, २०७८

NTC
Premier Steels

सभामुख अग्निप्रसाद सापकोटासँग प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवाद झनै चर्केर जाने देखिएको छ । विपक्षीको अवरोध र नाराबाजीका बाबजुद संसदलाई कार्यसूचीमा प्रवेश गराएको भन्दै सभामुखको भूमिकाप्रति एमालेले प्रश्न उठाएको छ । 

Muktinath Bank

माधवकुमार नेपाल लगायत १४ सांसदमाथि पार्टीले गरेको कारवाही रोकेर एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुखको कार्यशैलीविरुद्ध एमालेले संसद अवरोध गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ २३ गते प्रतिनिधि सभाको अधिवेशन शुरू भएको पहिलो दिनका ३ बैठक र शुक्रवारका ३ वटा बैठकमा एमालेले नाराबाजी गरेको थियो ।


Advertisment
Nabil box
Kumari

सामान्यतया प्रमुख प्रतिपक्षी दलले उठेर विरोध गरिरहेको समयमा संसद अवरुद्ध भएको मानिने संसदीय परम्परा छ । विपक्षी सांसदले नाराबाजी गरिरहेको समयमा कार्यसूची अगाडि बढाउन नमिल्ने एक पूर्व सभामुखले दाबी गरे ।

Vianet communication

‘प्रमुख प्रतिपक्षी दल उपस्थित नभएको या उठेर विरोध जनाएको अवस्थामा पनि संसदको कारवाही अगाडि नबढाउने हाम्रो परम्परा हो, त्यसैमाथि प्रमुख प्रतिपक्षी दल वेलमा नाराबाजी गरिरहेको समयमा बिजनेश कसरी अगाडि बढ्छ ?’ संविधान सभाका अध्यक्ष समेत रहेका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले लोकान्तरसँग भने । 

कर्मचारीले लेखेर दिएको पढ्नेबाहेक सभामुख सापकोटाले आफूहरूसँग कुनै छलफल नगरेको नेम्वाङले बताए । ‘कर्मचारीले लेखेर दिएको पढ्नेबाहेक उहाँले केही गर्नुभएन, प्रमुख प्रतिपक्षी दल के कारणले उभिएको हो भनेर सभामुखले छलफल गर्नुपर्दैन ?’ एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले प्रश्न गरे । 

शुक्रवार सभामुख सापकोटाले अध्यादेश पेश गर्ने अनुमति दिनपूर्व नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न दिएका थिए । विरोधको सूचना पेश गर्न दिएको समयमा एमसीसीको विरोध गरेका सुवालले आफूले प्रस्ताव पेश गर्न प्रमुख प्रतिपक्षी दलको अवरोध हट्नुपर्ने बताए । 

अवरोधका बाबजुद सभामुख सापकोटाले सदनको कारवाही रोकेनन् । प्रतिपक्षी दलको नाराबाजीका बाबजुद अध्यादेश पेश गर्ने र प्रतिस्थापन विधेयक पेश गर्न अर्थमन्त्रीलाई समय दिए । 

सभामुख–प्रतिपक्षी बढ्दै तिक्तता 

सभामुखसँग प्रतिपक्षी दलको गुनासो आजको होइन तर पछिल्ला दिनमा प्रतिपक्षी दललाई पेलेर संसद अगाडि बढाएपछि तिक्तता झनै बढेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य गोकुल बाँस्कोटाले सभामुख सापकोटाको भूमिका पक्षपाती भएको आरोप लगाए । 

‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा एजेण्डा समेत दिनुहुन्न, हामी सभामुखलाई सभामुख मान्न सक्दैनौं । यो अग्नि सापकोटाको कुर्सी होइन,’ बास्कोटाले भने । शुक्रवारको पहिलो बैठक स्थगित गरेका सभामुखले १५ मिनेटपछि बसेको बैठकमा अर्थमन्त्रीलाई अध्यादेश पेश गर्न समय दिए ।

प्रतिस्थापन विधेयकको रूपमा आएको पूरक बजेट पेश गर्नको लागि राखिएको शुक्रवारको दोस्रो बैठकको कार्यसूची तयार गर्ने बेलामा आफूहरूलाई कुनै जानकारी नगराइएको एमालेको गुनासो छ । ‘प्रतिस्थापन विधेयक जस्तो महत्त्वपूर्ण कार्यसूची ल्याउनेबारे प्रमुख प्रतिपक्षी दलसँग कुनै परामर्श गरिएन, सभामुखको बलमिच्याइँप्रति हाम्रो गम्भीर आपत्ति छ,’ एमालेका एक सांसदले लोकान्तरसँग भने । 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले सदन सञ्चालन गर्नेबारे सभामुख र सत्तापक्ष कसैले आफूहरूसँग छलफल समेत नगरेको लोकान्तरलाई बताए । 

सभामुख सापकोटाले संसदीय व्यवस्थामा अनुभवी रहेको भन्दै नाराबाजी रोक्न आग्रह गरे पनि सांसदहरूले सुनेनन् । पहिलो दिनको बैठकमा प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम कोट्याउँदै सभामुखविरुद्ध नाराबाजी नगर्न सापकोटाले आग्रह गरेका थिए तर एमाले सांसद सभामुखको कुरा सुन्न तयार भएनन् । 

सभामुख र प्रतिपक्षको तिक्तता यहाँसम्म बढ्यो कि एमालेकी एक सांसद रेखा झाले शुक्रवार सभामुखलाई माइकले हान्न खोजेको संसद परिसरमा खुलमखुला बताइन् । यसले आगामी दिनमा तिक्तता बढ्ने संकेत गरेको छ । 

बढ्दै सरकार–प्रतिपक्ष दूरी

आफ्नो विरोधका बाबजुद सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक ल्याएकोमा एमाले सरकारसँग रुष्ट बनेको छ । आफ्नो सरकारले ल्याएको बजेटका कतिपय कार्यक्रम काटिएकोमा एमाले रुष्ट बनेको छ । 

‘आजको रंग–ढंग हेर्दा सत्तापक्ष पनि प्रतिपक्षसँग कन्फन्टेसनमा जान खोजेको देखियो, सदन अवरुद्ध हुँदा खुलाउन सत्तापक्षले पहल गर्नु पर्दैन ?’ नेम्वाङले लोकान्तरसँग भने ।

अर्थमन्त्री जनार्दन शर्माले कानूनमन्त्री ज्ञानेन्द्र कार्कीमार्फत प्रतिपक्षी दलसँग गरिएको कुराकानीमा सहमति जुट्न नसकेपछि प्रतिस्थापन विधेयक ल्याउनुपरेको दाबी गरेका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले सरकारले प्रतिपक्षी दलसँग तिक्तता बढाउन खोजेको आरोप लगाए । ‘सदनमा प्रमुख प्रतिपक्षी दलले विरोध जनाइरहेको अवस्थामा जसरी टेबल ठटाएर पारित गरियो, त्यो हामीले मान्दैनौं,’ पूर्व कानूनमन्त्री समेत रहेका तामाङले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x