२६ असार २०८३, शुक्रबार

पतिले कुटपिट गरेपछि दुईतल्लामाथिबाट हाम्फाल्न खोजिन् गर्भवती महिला (भिडियो)

असोज १, २०७८
पतिले कुटपिट गरेपछि दुईतल्लामाथिबाट हाम्फाल्न खोजिन् गर्भवती महिला (भिडियो)

ब्राजिलको दुके दे कासियास शहरमा एक गर्भवती महिला दोस्रो तल्लाको झ्यालबाट हाम्फालेर भाग्न खोजेको कारुणिक भिडियो सार्वजनिक भएको छ । 

पतिले कुटपिट गरेपछि भाग्न खोजेकी महिलालाई पतिले झ्यालबाट घिसारेर कोठातर्फै लगेका थिए । 

शनिवार छिमेकीहरूले यो घटनाको भिडियो खिचेका हुन् । 

भिडियोमा मारिया जोसेले आफ्नो देब्रे गोडा झ्यालमा राखेको तर उनका पति भिटोर बाटिस्टाले उनको टाउको समातेर कोठातिरै तानेको देखिन्छ । 

छिमेकीहरूले प्रहरीलाई बोलाएपछि बाटिस्टा पक्राउ परेका थिए । 

जोसेले गुहार, मलाई बचाऊ लेखिएको एउटा नोट झ्याल बाहिर फालेको थाहा पाएपछि बाटिस्टाले रिसले चुर हुँदै पत्नीलाई कुटपिट गरेका थिए । 

उनले प्रहरीलाई यो सामान्य झगडा मात्र भएको बताएका थिए । 

जोसेले चाहिँ आफूलाई पतिले बिहे गरेको दुई वर्षमा लगातार कुटपिट गर्ने गरेको बताइन् । 

गत मे महिनामा पनि उनी भाग्नका लागि झ्यालबाट हाम्फाल्न खोजेकी थिइन् । 

‘ऊ एकदमै ईर्ष्यालु थियो र पोजेजिभ पनि । मलाई बाहिर जानै दिँदैनथियो । मैले जागिर समेत गुमाएँ,’ जोसेले भनिन् । 

‘उसले ममाथि आक्रमण गरेपछि मलाई मानसिक समस्या आउन थाल्यो र काम गर्न सकिनँ । म घरैभित्र बसिरहें अनि हाकिमसँग बहाना बनाइरहें,’ उनले थपिन् ।

प्रहरी सुपरिवेक्षक फर्नान्डा फर्नान्डेजले छिमेकीहरूबाट कल नआएको भए जोसेको ज्यान पनि जान सक्नेथियो भने । 
 

salt training

कमेन्ट गर्नुहोस्