हिमालय भेगान महोत्सव २०२२ नेपाल र भुटानमा हुने भएको छ ।
काठमाडौंमा २०७९ वैशाख २ देखि ४ सम्म र भुटानको राजधानी थिम्पुमा वैशाख ५ देखि ७ गतेसम्म हुने भएको हो ।
यो महोत्सव शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व, शाकाहारी जीवनशैलीको प्रवर्द्धनको लागि चालिएको एउटा महत्त्वपूर्ण कदम भएको आयोजक वर्ल्ड भीगन अर्गनाइजेसन नेपालले जनाएको छ ।
यस्तो प्रकारको महोत्सव यस क्षेत्रमा पहिलो र ऐतिहासिक हुने आयोजकले विश्वास लिएको छ ।
आयोजकका अनुसार महोत्सवलाई रमाइलो र ज्ञानवर्द्धक बनाउन पाक कलाको प्रदर्शनी, म्याराथन दौड, शाकाहार र प्राणीकल्याणका क्षेत्रमा कार्यरत प्रसिद्ध व्यक्तित्वहरूको महोत्सवमा उपस्थिति रहनेछ । साथै वर्कसप तथा गोष्ठीहरू पनि सञ्चालन गरिनेछ ।
महोत्सवमा शाकाहारी वा भीगनको मात्रै होइन सबै सहभागी हुन पाइने वर्ल्ड भीगन अर्गनाइजेसनका अध्यक्ष सुरेशप्रसाद शर्माले बताए । उनका अनुसार कार्यक्रमस्थल प्रवेशमा कुनै किसिमको शुल्क लाग्ने छैन ।