
बुद्ध एयरले आफ्ना रोयल क्लब सदस्यहरूका लागि 'गजबको डिस्काउन्ट अफर' सार्वजनिक गरेको छ ।
असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्यहरू धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस अफरअनुसार धनगढी उडानमा १२००, नेपालगञ्ज उडानमा १,००० तथा भद्रपुर उडानमा ८०० रुपैयाँसम्म छुट प्रदान गरिनेछ । उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ । यो अफर सीमित अवधिका लागि लागू गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अफरको लाभ लिन रोयल क्लब सदस्यहरूले टिकट बुकिङ गर्दा अनिवार्य रूपमा आफ्नो रोयल क्लब नम्बर इन्ट्री गर्नुपर्नेछ । रोयल क्लब माइलेज आईडी इन्ट्री नगरिएका बुकिङहरूमा यो अफर लागू हुने छैन । डिस्काउन्टका लागि रोयल क्लब माइलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर/एजेन्सीलाई अनुरोध गर्न विज्ञप्तिमा उल्लेख गरेको छ ।
छुट अफर
बुद्ध एयरको रोयल क्लब सदस्यता वेबसाइट वा मोबाइल एपमार्फत सजिलै लिन सकिन्छ । रोयल क्लबका सदस्यहरूले ५ केजी अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माइलेज प्वाइन्ट प्रयोग गरी डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
बुद्ध एयरले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार त्यसैगरी कोलकातातर्फ आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भरिरहेको छ ।
रोयल क्लब यात्रु सदस्यहरूलाई निःशुल्क फिफा वर्ल्डकप सब्सक्रिप्सन
बुद्ध एयरले आफ्ना यात्रुहरूका लागि सजिलै मोबाइलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटीभी-दिगो ब्रोडकास्टिङ कन्सोटियम जेभीसँग सम्झौता गरेको छ ।
डीजीओ एपबाट फिफा वर्ल्डकपका सम्पूर्ण खेलहरूका आनन्द लिन रोयकल क्लबका सदस्यहरूले फ्री सब्सक्रिप्सन पाउनेछन् ।
यो सब्सक्रिप्स्न बुद्ध एयरले आफ्ना रोयल क्लबका सदस्यहरूलाई आगामी ४ सातासम्म, हरेक साता सयौंका दरले सब्सक्रिप्सन प्रदान गर्न लागेको छ ।