
गण्डकी प्रदेशका लागि ओमोडा जेको तथा आइकर गाडीको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले ब्रान्डको उल्लेखनीय सफलताको भव्य उत्सवका साथ पोखरामा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ।
कार्यक्रममा ११ भन्दा बढी नयाँ ओमोडा ई५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको थियो । जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई झल्काएको कम्पनीले जनाएको छ ।
यस कार्यक्रममा ग्राहक, व्यावसायिक क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, अटोमोबाइल पारखी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडा को नवीनतम् प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई५ प्रोको अनावरण गरिएको थियो ।
नयाँ ओमोडा ईएस प्रोमा ५०.७ किलोवाट घन्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर, २८८ न्यूटन मिटर टर्क, १९१ मिमी ग्राउण्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडएएस सुरक्षा फिचर, थप प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइनजस्ता विशेषता समावेश छन्।