२४ असार २०८३, बुधबार

ज्यान मार्ने धम्की आएको बताएपछि खुस्बु ओलीलाई गृहमन्त्रीको आश्वासन- प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ

जेठ २७, २०८३
काठमाडौं
ज्यान मार्ने धम्की आएको बताएपछि खुस्बु ओलीलाई गृहमन्त्रीको आश्वासन- प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ

सांसद खुस्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले खुस्बुलाई बैठकभित्रै भेटेर कारबाही प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।

त्यसका लागि गुरुङले ओलीलाई प्रक्रियामा जान पनि आग्रह गरेका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ओलीले आजैको बैठकमा धर्मान्तरणविरुद्ध आवाज उठाएपछि आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आएको बताएकी थिइन् । ‘ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेस्राइराखिएको छ,’ उनले भनेकी थिइन् ।

सांसद ओलीले धर्मका विषयमा आफ्नो धारणा राखेकै कारण धम्की सामना गर्नुपरेको दाबी गर्दै यसलाई व्यक्तिगत विषयका रूपमा मात्र नहेर्न आग्रह गरेकी थिइन् ।

null

salt training

कमेन्ट गर्नुहोस्