३० जेठ २०८३, शनिबार

रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध

जेठ २७, २०८३
मकवानपुर
रास्वपा मकवानपुरको सभापतिमा पाठक निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम जिल्ला अधिवेशनबाट सभापति पदमा सञ्जीव पाठक निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीको उपसभापति, सचिव र सहसचिव पदमा क्रमशः टाकाराज थापा, विशम अधिकारी र सुश्री शान्ति थापा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, पार्टीको जिल्ला सदस्यहरूमा क्रमशः सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, सदीक्षा रेग्मी र हलिया शेख निर्वाचित भएका छन् ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को पार्टीको क्षेत्रीय सभापतिमा हरिहर खतिवडा र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देवकुमार अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्