×

NMB BANK
NIC ASIA

अमेरिकी गुप्तचरहरूमा अचम्मको लक्षण

अमेरिकी गुप्तचरहरूमाथि अदृश्य आक्रमणको आशंका, ‘हवाना सिन्ड्रोम’ले सीआईएमा त्रास !

असोज ५, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

अमेरिकी गुप्तचर संस्था सीआईएका अधिकारी तथा विभिन्न देशमा रहेका अमेरिकी दूतावासका कर्मचारीहरू केही वर्षदेखि अनौठो समस्याको शिकार बनिरहेका छन् । 

Muktinath Bank

हवाना सिन्ड्रोम नामक लक्षणका कारण महिनौंसम्म चक्कर आउने र थकाइ लाग्ने समस्या उनीहरूमा देखिएको बताइन्छ । टाउको दुख्ने, वाकवाकी आउने र मस्तिष्कमा समेत असर पर्ने यसका अन्य लक्षण हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हवाना सिन्ड्रोम देखिएका मानिसले मौरीको गुनगुन, फलाम काट्दाको चिर्र र सुँगुर चिच्याएको चर्को आवाज जस्तो सुन्ने गरेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

चीन, अस्ट्रिया, भियतनाम लगायत दर्जनौं देश र ह्वाइट हाउसमै समेत अमेरिकी अधिकारीहरूमा यस्तो लक्षण देखिएको बताइएको छ । अहिलेसम्म यस्ता ३०० वटा घटना भएको बताइन्छ ।

Vianet communication
Laxmi Bank

हालै सीआईएका निर्देशक विलियम बर्न्स भारत भ्रमणमा आउँदा उनको टोलीका एक सदस्यमा हवाना सिन्ड्रोमको लक्षण देखिएको सीएनएनले खबर दिएको छ । तीनजना स्रोतलाई उद्धृत गर्दै सीएनएनकी काइली एटवूडले लेखेको रिपोर्टमा उल्लेख भएअनुसार, लक्षण देखिएपछि ती सदस्यलाई उपचार गराउनुपरेको थियो । 

उक्त घटनाका कारण अमेरिकी सरकार सतर्क बनेको अनि बर्न्स बेस्सरी रिसाएको एटवूड लेख्छिन् । यस प्रकरणबाट सीआईएका कोही पनि सुरक्षित नरहेको सन्देश दिन खोजिएको स्रोतलाई उद्धृत गर्दै एटवूडले लेखेकी छन् ।

सन् २०१६ मा क्युबाको राजधानी हवानामा अमेरिकी अधिकारीहरूमा यस्तो लक्षण पहिलोपटक देखिएकाले यसलाई हवाना सिन्ड्रोम नाम दिइएको हो । 

गत अगस्ट महिनामा पनि अमेरिकी सरकारका उच्च अधिकारीहरू उपराष्ट्रपति कमला ह्यारिससँग भियतनाम जान लाग्दा ती अधिकारीमा हवाना सिन्ड्रोम देखिएपछि भ्रमण केही दिन सरेको थियो । भ्रमण टोलीका दुईजनालाई औषधोपचार गर्नुपरेको थियो । 

यसरी आफ्ना अधिकारीहरूमा हवाना सिन्ड्रोम देखिन थालेपछि अमेरिकाको गुप्तचर निकाय अफिस अफ द डिरेक्टर अफ नेसनल इन्टेलिजेन्सले यस विषयमा व्यापक अनुसन्धान थालेको छ । सन् २०२१ को अन्त्यसम्ममा अनुसन्धान टुंग्याउने लक्ष्य लिइएको तर यसको प्रतिवेदन सार्वजनिक गर्ने योजना नरहेको एटवूडको रिपोर्टमा उल्लेख छ । 

अमेरिकाका अनुसन्धानकर्मीहरूले के कारणले अनि कसले कसरी हवाना सिन्ड्रोम गराइरहेको पत्ता लगाउन सकेका छैनन् । क्युबाका वैज्ञानिकहरूले भने हवाना सिन्ड्रोमको कुनै प्रमाण फेला नपरेको बताएका छन् । 

क्युबाली सरकारले गठन गरेको १६ जना विज्ञको प्यानलले हवाना सिन्ड्रोमसम्बन्धी दाबीलाई वैज्ञानिक रूपमा स्वीकार गर्न नसकिने अनि क्युबाको धर्तीमा यस्तो सिन्ड्रोम गराउने कुनै वैज्ञानिक प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ । 

क्युबाको आधिकारिक समाचार साइट क्युबाडिबेटमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रहस्यमय सिन्ड्रोमको भाष्य वैज्ञानिक रूपमा अस्वीकार्य छ किनकि यसको कुनै प्रमाण भेटिँदैन । तर नयाँ प्रमाण फेला परेमा त्यसको समीक्षा गर्ने विज्ञहरूको प्यानलले जनायो । 

संसारका विभिन्न देशमा रहेका अमेरिकी दूतावासका कर्मचारीले यसबारेमा गुनासो गरेकाले अनि यसको सत्यतथ्य पत्ता नलागेकाले हवाना सिन्ड्रोमका विषयमा अनेकथरी षड्यन्त्र सिद्धान्त पनि बनाइएका छन् । आवाजको किरण फ्याँक्ने बन्दूक (साउन्ड रे गन) का कारण यस्तो रोग लाग्ने एकथरीले दाबी गरेका छन् । त्यस हतियारले माइक्रोवेभ, अल्ट्रासाउन्ड, विष वा क्रिकेट भनिने कीराको समेत प्रयोग गरिने बताइएको छ । 

पोहोर साल लद्दाखमा भारतीय सैनिकहरूका विरुद्ध चिनियाँहरूले यस्तै किसिमको माइक्रोवेभ आक्रमण गरेको खबर पनि आएको थियो । चीनको रेनमिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक जिन कानरोङले माइक्रोवेभ आक्रमणका कारण भारतीय सैनिकहरूले बान्ता गरेको अनि १५ मिनेट पनि उभिन नसकेको, त्यसपछि लडाइँ नै नगरी चिनियाँ सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण दुईवटा डाँडामा कब्जा गरेको दाबी गरे । तर भारतीय सेनाले यस दाबीलाई खारेज गरेको थियो । 

त्यसो त अमेरिकी कूटनीतिकर्मी तथा गुप्तचर अधिकारीहरूमाथि भएको भनिएको गोप्य आक्रमणका विषयमा अमेरिकी सरकारले आरम्भिक अनुसन्धान गराएको थियो । सरकारी लगानीमा पेन्सिल्भेनिया विश्वविद्यालयले गरेको अध्ययनको निष्कर्ष जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशन गरिएको छ । त्यसमा आवाजमार्फत गोप्य आक्रमण गर्न सम्भव रहेको निष्कर्ष निकालिएको छ । 

तर विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा काम गर्ने १५ जना वैज्ञानिकहरूले द गार्डियन पत्रिकालाई पत्र पठाएर उक्त अनुसन्धानको निष्कर्ष त्रुटिपूर्ण रहेको बताएका छन् । यस रहस्यमय रोग र आवाजबीचको सम्बन्ध स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिकहरूको सहकार्य हुनुपर्ने उनीहरूको माग छ । राजनीतिक दबाबमा त्रुटिपूर्ण निष्कर्ष निस्कने हुनाले योग्य व्यक्तिहरूले स्वतन्त्र रूपमा प्रमाणको समीक्षा गरेर मात्र टुंगोमा पुग्नुपर्ने उनीहरू लेख्छन् । 

अनि सन् २०१८ मा अमेरिकी संसद्ले सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) लाई हवाना सिन्ड्रोमको विषयमा अनुसन्धान गर्न आदेश दिएको थियो । उक्त संस्थाले हवाना सिन्ड्रोम देखिएका ९५ जना अमेरिकी कूटनीतिकर्मी तथा तिनका परिवारको स्वास्थ्य जाँच प्रतिवेदन संकलन गरेको थियो । 

सीडीसीले आफ्नो अध्ययनको निष्कर्ष सार्वजनिक गरेन । तर अमेरिकाको बजफीड नामक न्युज वेबसाइटले सूचनाको हक प्रयोग गर्दै सीडीसीको प्रतिवेदन गत जनवरी महिनामा हात पारेको थियो । 

बजफीडमा ड्यान भर्गानोले लेखेको समाचारमा उल्लेख भएअनुसार, सीडीसीको प्रतिवेदनमा कूटनीतिकर्मीहरूको स्वास्थ्य जाँचको इतिहासले मात्र उनीहरूको रोगको व्याख्या गर्न नसकिने निष्कर्ष थियो । उनीहरूको मेडिकल रेकर्डमा रहेको असंगतिका साथै लक्षण देखिएको समय र स्वास्थ्य जाँचको समयमा धेरै अन्तर भएकाले सीडीसीले प्राप्त आँकडामा कुनै प्याटर्न फेला पार्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यसलाई सजिलो भाषामा भन्नुपर्दा हवानामा अमेरिकी अधिकारीहरूलाई के रोग लागेको हो भन्न सीडीसी असमर्थ रह्यो । 

यस घटनामा रुसको हात छ कि भनेर पनि भनेर पनि अमेरिकी अधिकारीहरूले शंका गरेका छन् । शीतयुद्धको बेलामा सोभियत वैज्ञानिकहरूले मस्तिष्कमा चोट लगाउने प्रविधिको अनुसन्धान गर्ने गरेको गोर्डन कोरीयाले बीबीसीमा लेखेका छन् । उनले इलिनोई विश्वविद्यालयका प्राध्यापक जेम्स लिनलाई उद्धृत गर्दै सोभियतहरूको प्रयोगशालामा माइक्रोवेभ आक्रमणको परीक्षण गर्ने गरिएको र त्यो अहिले पनि कायम रहेको हुन सक्ने लेखेका छन् । यसमा सोभियतहरूले मात्र नभई अमेरिकीहरूले पनि काम गरेको सन्दर्भ आफूले फेला पारेको लिनले कोरीयालाई बताएका छन् । 

शीतयुद्धको समयमा भूराजनीतिक प्रभुत्व कायम गर्न दुई महाशक्तिले विज्ञान तथा प्रविधिमा नयाँ नयाँ परीक्षण गरिरहन्थे । अहिले पनि शीतयुद्ध शुरू हुन थालेको र अमेरिकी प्रभुत्वलाई ढाल्नका लागि अन्य शक्तिहरू लागिपरेको स्थिति भएकाले आक्रमणका विभिन्न प्रविधिमा काम भइरहेको हुन सक्ने कुरालाई नकार्न सकिन्न । 

तर कसैलाई आरोप लगाउनुअघि अकाट्य प्रमाण प्रस्तुत गर्न आवश्यक भएकाले अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरी प्रमाण जुटाउन खोजेको हो । तर तत्कालका लागि हवाना सिन्ड्रोम कसरी हुन्छ र त्यसलाई कसरी रोक्ने भन्ने कुरा थाहा नपाएकाले अमेरिकी कूटनीतिकर्मीहरू विदेशमा रहेका दूतावासमा जान डराइरहेको सीएनएनमा काइली एटवूड लेख्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x