१४ असार २०८३, आइतबार

युवतीले रिसको झोकमा मोबाइलले हिर्काउँदा प्रेमीको गयो ज्यान

असोज ८, २०७८
युवतीले रिसको झोकमा मोबाइलले हिर्काउँदा प्रेमीको गयो ज्यान

एक युवतीले रिसको झोकमा आफ्नो प्रेमीलाई मोबाइलले हिर्काउँदा प्रेमीको मृत्यु भएको छ ।

२२ वर्षीया रोक्साना एडेलिन लोपेजले रिसको झोकमा आफ्नो २३ वर्षीय प्रेमी लुइस ग्वांटेलाई मोबाइल फोनले हिर्काउँदा उनको मृत्यु भएको हो ।

द सनका अनुसार, यो घटना अर्जेन्टिनाको हो । 

अर्जेन्टिनाको ला नेसियनमा रहने रोक्सानाविरुद्ध अहिले अनुसन्धान भइरहेको छ । 

गत अप्रिल महिनामा युवतीले प्रेमीलाई मोबाइलले हिर्काएको र प्रेमीको मृत्यु भएको बताइएको छ । 

युवतीले प्रेमीको टाउकोमा मोबाइलले प्रहार गरेकी थिइन् ।   

टाउकोमा गम्भीर चोट लागेपछि अस्पतालमा प्रेमीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्