
मान्छे कतिबेला कतिसम्म क्रुर बन्न सक्छ कसैले अनुमान लगाउन सक्दैन । बेलायतको लण्डनमा १४ वर्षअघि भएको एउटा घटना फेरि ताजा भएको छ ।
बुवा डीन स्मिथले बियर पिइरहेको बेला १ महिनाकी छोरी मेसी नेवेल चिच्याएर रोइरहेकी थिइन् १४ वर्षअघि । छोरी कराएर आफूलाई ‘डिस्टर्ब’ भएको भन्दै डीनले मेसीलाई ओछ्यानबाट भूइँमा पछारिदिए ।
बुवाले भूइँमा पछारेर अपाङ्ग भएकी छोरी मेसीको १४ वर्षपछि निधन भएको छ । बुवाले झोक्किएर भूइँमा पछारेपछि मेसीको स्वास्थ्यमा समस्या रहँदै आएको थियो ।
मेसीको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेका कारण उनको निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।