२४ असार २०८३, बुधबार

विधान महाधिवेशनले सुदृढ एकताका लागि सन्देश दियो : योगेश भट्टराई

असोज १९, २०७८
विधान महाधिवेशनले सुदृढ एकताका लागि सन्देश दियो : योगेश भट्टराई
फाइल तस्वीर।

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन् । 

ललितपुरको गोदावरीमा असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको बताएका हुन् । 

उनले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पुर्‍याउन आग्रह गरे । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्