फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
हामी अहिले चौथो औद्योगिक क्रान्तिको युगमा पदार्पण गरिरहेका छौं । यसले मौलिक रूपमा नै मानिसको कार्यव्यवहार, सम्बन्ध संरचना र जीवनशैलीलाई बदलिरहेको छ । विगतमा अनुमान नै नगरिएको अवसर र जटिलता ल्याउँदैछ ।
समाजका सबै अभयव र नागरिक, नागरिक संस्था, निजी क्षेत्र सबै सरोकारवाला यो चौथो औद्योगिक क्रान्तिका अवसर लिन र चुनौती सामना गर्ने क्षमतामा तयार हुनुपर्ने दबाबमा छन् । किनकी यसअघिका औद्योगिक क्रान्तिभन्दा चौथो औद्योगिक क्रान्तिको गति, क्षेत्र र जटिलताको आयतन भिन्न छ ।
हुनत मानिसले जंगली अवस्था वा ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्दा पनि निकै खुशी र सुखी अनुभव गरेको थियो । त्यसपछि बास्प इञ्जिनको आविस्कारपछि पहिलो औद्योगिक क्रान्ति शुरू भयो ।
यसले परम्परागत हाते उत्पादन विधिलाई यान्त्रिकीकरणमा परिणत गर्यो । सन् १७८४ तिर विश्वमा धेरै ठूलो उपलब्धिको महशुस भयो र यसले खुशियाली पनि छायो । त्यसको एक शताब्दीपछि विद्युतीय उत्पादन प्रणाली शुरू भै अर्को उपलब्धि हासिल भयो । बास्पशक्ति विद्युतीय शक्तिबाट विस्थापित हुँदा उत्पादन संगठन कार्यकुशल हुन गई उत्पादनमा विशेषज्ञता र कम लागतमा वस्तु सेवा सम्भव बनायो ।
सन् १८७० बाट शुरू भएको यस विद्युतीय शक्तिको युग, जसलाई दोस्रो औद्योगिक क्रान्ति भन्दछौ । सन् १९६९ तिर आइपुग्दा विद्युतीय शक्तिको युग कम्प्युटरमा आधारित स्वचालित प्रणालीमा परिणत हुन पुग्यो, जुन तेस्रो औद्योगिक क्रान्तिको रूपमा प्रचलित भयो । हाल विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको छ । यो साइबर प्रणालीमा आधारित छ र यसले औद्योगिक जनजीवनका सबै पक्षलाई अकल्पनीय रूपमा प्रभाव पार्दैछ ।
यसको प्रवृत्ति रेखीय (लिनियर) नभई बृहद (एक्सपोटेन्सियल) छ । यो परिवर्तनले उत्पादन, व्यवस्थापन र शासकीय व्यवस्थापनका सबै पक्षलाई रूपान्तरण गर्दैछ । साइबर प्रणालीको विकासले ल्याएका असीमित अवसरले चौथो क्रान्ति उथलपुथल बनाउने खालको हुनेमा कुनै शङ्का छैन । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स), रोबोटिक्स, आईओटी, स्वचालित सवारी साधन/यन्त्र, थ्रीडी प्रीन्टिङ, नानो प्रविधि तथा बायो प्रविधि, ऊर्जा सञ्चय, क्वान्टम कम्पुटिङ जस्ता क्षेत्रमा प्रविधिले छलाङ मार्दैछ । कतिपय क्षेत्रहरू पहिचान हुँदैछन्, जसले पूर्णतः डिजिटल विश्वको यात्रा शुरू गरेको छ ।
अन्य क्रान्ति जस्तै चौथो औद्योगिक क्रान्तिले मानिसको जीवनस्तर र आय बढाउने छ । लगातार समय तथा लागतको न्यूनीकरण र गुणस्तर वृद्धिमार्फत वस्तु सेवाको माग तथा वितरण प्रणालीले कार्यकुशलता पाउने छ । प्रविधि, अन्वेषण, विकास र उपयोगले औद्योगिक उत्पादकत्व निरन्तर बढ्नेछ । व्यापार लागत उल्लेख्य रूपमा घट्ने छ । वस्तु, सेवाको उत्पादन तथा वितरणको लागत संरचना परिवर्तनले आमसर्वसाधारण, जो तुलनात्मक रूपमा विपन्न छन्, परिवर्तनका लाभग्राही बन्नेछन् । अर्थतन्त्रमा नयाँ नया क्षेत्रको पहिचान हुनेछ, जसले आर्थिक वृद्धिलाई थप सघाउनेछ ।
उद्योग व्यवसायमा प्रयोग हुने उन्नत प्रविधिले परम्परागत मूल्य शृङ्खला विस्थापित हुनेछ । पारदर्शिता बढ्ने क्रमसँगै उपभोक्ताहरू वस्तु तथा सेवाको गुणस्तर प्रक्रियामा प्रत्यक्ष सहभागी हुनेछन् । नयाँ पृष्ठपोषण प्रणाली विस्तार हुनेछ । डिजिटल प्रविधि र क्षमताका कारण उत्पादित वस्तु तथा सिर्जित सम्पत्तिको टिकाउपना बढ्नेछ । उत्पादक–उपभोक्ता–वितरकबीच अन्तरक्रियाको भर्चुअल प्लेटफार्म सिर्जना हुनेछ, जसबाट तीनै पक्ष लाभान्वित हुनेछन् । प्रविधिले साधनको दक्षता बढाई वातावरणीय अनुकूलता पनि बढाउने छ । यो स्वच्छ विकास र दिगो समृद्धिको आधार हुनेछ ।
तर प्रत्येक परिवर्तन वा क्रान्ति अवसरका माध्यम मात्र होइनन्, चुनौती र जोखिमको पनि कारक बन्ने गर्छन् । चौथो औद्योगिक क्रान्ति पनि यसको अपवाद होइन । अर्थशास्त्री एरिक ब्रिन्जोल्फसन र एण्ड्रु म्याकेफीअनुसार चौथो क्रान्तिले आर्थिक असमानता विस्तार हुनेछ । क्रान्तिको सघनता साथ असमानता पनि सोही अनुरूप गहिरिने छ ।
पूँजी सघन र स्वचालित प्रविधिका कारण श्रम बजार झण्डै विस्थापित हुनेछ । पूँजीको प्रतिफल बढ्नेछ । श्रमको प्रतिफल भने निकै घट्नेछ । परम्परागत अर्थशास्त्रले व्याख्या गरेझैँ उत्पादनमा श्रम र पूँजीको सम्बन्ध संरचना हुने छैन । क्रान्तिको सघनता बढ्दै जाँदा उत्पादन प्रणाली पूँजी सघनभन्दा पनि ज्ञान (ट्यालेण्ट) मा आधारित भएर जानेछ । यसले उच्च प्रविधि/उच्च ज्यालालाई बढावा दिँदा न्यून प्रविधि/न्यून ज्यालाको ठूलो क्षेत्र सीमान्तीकृत हुनेछ र यसले अन्ततः सामाजिक तनाव भित्र्याउने डर छ ।
डिजिटल संसारमा सामाजिक सञ्जालको प्लेटफर्मले आम उपभोक्ताहरू वस्तु तथा सेवाका विषयमा विचार/सूचना आदान प्रदान गरी आदर्श बजार बनाउन त सक्दछन्, तर यो आदर्श अवस्था सँधै रहन रहने छैन । यसले उपभोक्ताहरूमा उग्र महत्त्वाकाङ्क्षाको विस्तार गर्नेछ । साथै बजारको विभक्तीकरण पनि गर्नेछ । प्रविधिसँग अनुकूलित र अभ्यस्त हुँदैै जाँदा कतिपय मानवीय संवेदनाका पक्षहरू ओझेलमा पर्दै गई यान्त्रीकृत मानवीय स्वभाव विकास नहोला भन्न सकिन्न । मानिसका अन्तरक्रिया, सामाजिक सम्बन्ध र सहभागिताको डिजिटाइजेसनले हार्दिकता मानवीय भावनाका पक्षमाथि धावा बोल्नेछ । वैयक्तिक गोपनीयता पनि खतरामा पर्नेछ, सूचना तथा मूल्यप्रति वैयक्तिक नियन्त्रण कायम गर्न कठिन पर्नेछ । आभ्यान्तरिक मानव मूल्य पनि स्खलित हुँदै जानेछ ।
चौथो औद्योगिक क्रान्तिको प्रभाव सरकार र शासन व्यवस्थामाथि पनि उल्लेख्य देखिने छ । भौतिक, डिजिटल र जैविक प्रविधिको संयोजनले शासकीय क्रियाकलापमा नागरिक सहभागिता, पृष्ठपोषण र अनुगमनका नयाँ छरिता स्वरूप देखिने छन् । यसले सार्वजनिक निकाय नागरिकमुखी र जवाफदेही बन्न थप दबाब पर्नेछ । डिजिटल पूर्वाधारका कारण सरकार पनि नागरिकमाथि निर्मित नीति, कार्यक्रम र मापदण्ड कार्यान्वयनका अतिरिक्त नागरिक आचारमाथि नियन्त्रण, निगरानी र नियमन गर्न सक्ने सामथ्र्यमा पुग्ने छ । यसले ‘एगाइल गभर्नेन्स’ सम्भव तुल्याउने छ । तर सार्वजनिक निकाय विकसित प्रविधिसँग अनुकूलित हुन नसक्दा अस्तित्वको संकटमा पर्नेछन् । शान्ति सुरक्षा र नागरिक हित संरक्षणमा चुनौती देखिने छ ।
नेपाल विपन्न मुलुक भएपनि चौथो औद्योगिक क्रान्तिको प्रवाहमा हेलिएको छ, किनकी कुनै पनि मुलुक क्रान्तिको लहरबाट चाहेर पनि अपवाद बन्न सक्तैन । औद्योगिक पूर्वाधारहरू कमजोर भएको र पर्याप्त सम्भावना भएर पनि सोको उपयोग हुन नसकेको मुलुक भएकाले चौथो औद्योगिक क्रान्तिको फाइदा नेपाली समाज र अर्थतन्त्रको पक्षमा उपयोग गर्न निकै जटिलताहरू देखिएका छन् र आउँदा दिनमा अरू देखिने छन् ।
समाज गरीबी र विपन्नताले ग्रस्त छ, डिजिटल रूपमा विभक्त छ, भर्खरै लोकतन्त्र बहाली भएकाले नागरिक संस्थाहरू शासकीय संस्कृतिमा संस्थागत हुन सकेका छैनन्, सार्वजनिक निकायहरू नागरिक पृष्ठपोषणमा अभ्यस्त भैसककेका छैनन् । उत्पादन संगठनहरू परम्परागत श्रम सघन प्रविधिमा छन् । शिक्षाले सीप र सिर्जना दिन सकेको छैन । विश्वव्यापीकृत समाज र सांस्कृतिक एकीकरणको प्रभावले पनि नेपाली समाज ग्रस्त छ । यस अवस्थामा चौथो औद्योगिक क्रान्तिले ल्याएका अवसरहरू उपयोग गर्ने कार्य जटिल हुनसक्छ ।
तर हाम्रा सामु प्रशस्त अवसर पनि छन्, जसले औद्योगिक क्रान्तिले ल्याएका अवसर उपयोग गर्न सघाउने छ । पछिल्ला दिनमा प्रविधिको सिको र उपयोग गर्ने प्रवृत्तिमा व्यापक विस्तार भएको छ । नेपाली समाजमा युवाहरूको बाहुल्यता देखिएकाले सूचना प्रविधिको उपयोग जनस्तरसम्म विस्तारित भएको छ । हाल टेलिफोन घनत्व र इन्टरनेट प्रयोगकर्ताहरू अकल्पनीय रूपमा बढ्दैछन् ।
दुर्गम बस्ती पनि ब्याण्डवीथ आबद्धतामा पुगेका छन् । यसले स्थानीय सम्भावनाको प्रयोग, वस्तु तथा सेवा उपयोग, वितरण र सामाजिक सम्बन्धको संरचना परिवर्तन गरेको छ । यसलाई औद्योगिक उत्पादन संगठनहरूमा उपयोग गर्न सकिने सम्भावना छ । डिजिटल नेपालको उद्देश्यअनुरूप कार्यक्रमहरू सञ्चालनमा ल्याउने सरकारी प्रतिबद्धता छ । यसर्थ चौथो औद्योगिक क्रान्तिबाट डराएर होइन, तयारी र क्षमता विकासबाट नै उपलब्धिहरू हात पार्न सकिन्छ । नागरिक संस्थाहरूलाई जवाफदेही, चुस्त र तत्काल प्रतिक्रिया दिने तहमा पुर्याउन सकिन्छ । थोरै सफलताबाट धेरै उपलब्धिहरू हाँसिल गर्ने आधार बनाउनु अहिलेको आवश्यकता हो ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...