![शान्ताको नयाँ भजन 'पाथिभरा माता' सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/pathivara_mata_vajan_EcPheuOrgu.jpg)
भक्तपुर लोकन्थलीकी शान्ता अधिकारी सुवेदीको नयाँ भजन सार्वजनिक भएको छ । शान्ता विशेष गरी भजन गायन विधामा सक्रिय छिन् ।
हालै उनले सार्वजनिक गरेको 'पाथिभरा माता' बोलको भजन पाथिभरा माताको महिमाको विषयमा केन्द्रित छ ।
नेपालको पूर्वी भाग ताप्लेजुङ अवस्थित पाथिभरा माताको दर्शन गर्नाले आफूले चिताएको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यसैबीच भजन गायिका शान्ता पनि ताप्लेजुङ अवस्थित पाथिभरा माताको दर्शन गरेपछि उक्त ठाउँको वर्णन गरी आन्तरिक पर्यटन बढाउनका लागि भजन गाएको बताउँछिन् ।
पाथिभरा माता बोलको भजनमा शब्द/संगीत/स्वर स्वयं गायिका शान्ताको हो । भजनका निर्माता नवराज सुवेदी हुन् भने संगीत संयोजन शीलाबहादुर मोक्तानको रहेको छ ।