स्पेनको पाम्प्लोना शहरमा एक प्रहरी अधिकारीले चाहेको जस्तो कफी नपाएपछि कफीशपकी वेट्रेसलाई पक्राउ गरेका छन् ।
कोल्ड कफी मगाएका प्रहरी अधिकारीले भनेजस्तो स्वादमा कफी नपाएपछि रिसको सुरमा वेट्रेसलाई पक्राउ गरेका हुन् ।
एकपटक सुरुप्प पार्दा नै प्रहरीलाई कफीको बेस्वादको लाग्यो । उनले तत्कालै कफी थुके । उनले वेट्रेसलाई बोलाएर गुनासो गरेपछि वेट्रेस पनि रिसाइन् । अनि दुईजनामा शाब्दिक लडाइँ शुरू भयो ।
वेट्रेसले गलत व्यवहार देखाउँदै आफूमाथि चिच्याएको भनी प्रहरीले उनलाई पक्राउ गरे ।
तर वेट्रेसलाई पक्राउ गरेकोमा प्रहरीलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । यसको मुद्दा अदालतमा जाँदा अदालतले वेट्रेसलाई पक्राउ गर्नु सही भएको निर्णय सुनायो ।
प्रहरी कफीशपमा कस्टम भएको र कस्टमरलाई राम्रो व्यवहार देखाउनुपर्ने अदालतले बतायो ।