१६ असार २०८३, मंगलबार

शान्त र समृद्ध विश्व निर्माणमा ‘नाम’ लाग्नुपर्छ- परराष्ट्रमन्त्री खड्का

असोज २६, २०७८
शान्त र समृद्ध विश्व निर्माणमा ‘नाम’ लाग्नुपर्छ- परराष्ट्रमन्त्री खड्का
फाइल तस्वीर।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् । 

असंलग्न राष्ट्रहरूको सम्मेलन (नाम)को ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा गएराति सम्बोधन गर्दै उनले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताएका हुन् । 

मन्त्री खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भनेका छन्, ‘हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमै धेरै जटिल बन्दै गएको छ ।’

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसंग उल्लेख गर्दै परराष्ट्रमन्त्री डा. खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशहरुमा खाद्य संकटजस्ता विषयमा समस्याहरु देखिएको बताए । 

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरू पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरूबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको सो सम्बोधनका क्रममा उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्