×

NMB BANK
NIC ASIA

लोकान्तर सम्पादकीय

दशैंको मुखैमा भएका दु:खद् दुर्घटनाका दोषी खोज सरकार

असोज २७, २०७८

NTC
Premier Steels

हिन्दू नेपालीहरूको महान चाड दशैंको मुखमा फेरि सवारी दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । पछिल्ला दुई दिनमा सडक दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ ।

Muktinath Bank

कर्णालीको दुर्गम पहाडी जिल्ला मुगुमा दशैं मनाउन जाँदै गरेका यात्रु चढेको बस मंगलवार दुर्घटना हुँदा ३२ जनाको मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार मात्र कास्कीको घान्दु्रकमा भएको अर्को जीप दुर्घटनामा ८ जनाको मृत्यु भयो । दशैंकै मुखमा अन्य सानातिना दुर्घटनामा पनि जनधनको क्षति भएको छ । 


Advertisment
Nabil box
Kumari

दशैं मनाउन घर दैलोमै आइपुगेका आफन्तको दुर्घटनामा भएको निधनले मुगुमा सन्नटा छाएको छ । राष्ट्रपतिदेखि विदेशी राजदूतसम्मले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Vianet communication

राजमार्गको दयनीय अवस्था, मापदण्डविनाका कच्ची सडक तथा उचित मर्मतसम्हार नभएका सवारी साधनले क्षमताभन्दा बढी यात्रु ओसार्दा ठूला दुर्घटना हुने गरेका छन् ।

यति ठूलो मानवीय क्षति भएको सडक दुर्घटनाका सम्बन्धमा कहिल्यै छानबिन समिति बन्दैन, यदाकदा बनेका समितिका प्रतिवेदन पनि कार्यान्वयन हुँदैनन् । 

ग्रामीण क्षेत्रमा सडक दुर्घटनाको ग्राफ बढ्नुमा सडकको गुणस्तर र मापदण्ड प्रमुख कारण हो । इञ्जिनीयर, ओभरसियर नभई गाउँका ‘भुइँफुट्टा ओबरसियर’ले आफूखुशी डोजर घुमाएका मापदण्डविपरीतका सडकले हरेक वर्ष दुर्घटना निम्त्याइरहेका छन् । कमिसनका लागि सरकारी बजेट सक्न भीरपाखामा मोटरबाटो नामको गोरेटोको धर्सा कोर्ने र बजेट पचाउने काम गाउँगाउँमा भइरहेको छ । 

३ वटा घर भएको गाउँमा सडक पुर्याउने नाममा पर्यावरणीय सन्तुनलमाथि खेलबाड गरिएको छ । खेतीयोग्य खेतबारीमा डोजर चलाउने काम भइरहेको छ । ‘विकास’को नाममा गाउँमा चलिरहेको डोजर आतंक यी सडक दुर्घटनाका कारक हुन् ।

दशैं नेपालीको धार्मिक मात्र नभई सामाजिक पुर्नमिलनको चाड पनि हो । राजधानी काठमाडौं उपत्याकाको झण्डै आधा जनसंख्या गाउँ फर्किन्छ । तर राजधानीबाट बाहिरिने अधिकांश राजमार्गको अवस्था दयनीय र बेहाल छ । मर्मतका नाममा सडक टालटुल गर्ने र कमिसन पचाउने काम मात्र भइरहेको छ । 

सरकार निरीह हुँदा ठेकेदारले समयमा सडक निर्माण र मर्मतको काम पूरा गरेका छैनन् । राज्यकोषको दोहन गरिरहेका कामचोर ठेकेदारसँग राजनीतिक दलका नेता र कर्मचारीको घाँटी जोडिएको छ । सडक दुर्घटनाको कारण खोज्दै जाँदा यसको मुख्य दोषी नीति निर्माता नै हुन्, जसले मापदण्डविपरीतको सडकलाई पनि स्वीकृत गरेका छन्, मर्मत नभएका थोत्रा सवारी साधनलाई पनि निर्वाध चल्न दिएका छन् । क्षमता भन्दा बढी यात्रु कोचे पनि आँखा चिम्म गरेका छन् । कारवाही उनीहरूमाथि पनि हुनुपर्ने हो, जो अनुगमनकारी निकायमा बसेर पनि सबै बेथितिप्रति मौन छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x