साउन ११, २०७९
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
काठमाडाैं | असोज २९, २०७८
नेपाल विद्युत् प्राधिकरणको काठमाडौंस्थित रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन्, विराटनगरका यमुनाप्रसाद भट्टराई ।
प्राधिकरणको चौथो तहअन्तर्गत इलेक्ट्रिकल फोरम्यान पदमा कार्यरत भट्टराई अहिले रत्नपार्क वितरण केन्द्रमा नोलाइटमा कल अपरेटरको (फोन कल रिसिभ गर्ने) जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले जागिर शुरू गरेदेखि नै दशैंमा बिदा लिएका छैनन् ।
यसपालि बिदा लिएर आफ्नो गाउँघरमै धुमधामले दशैं मनाउने सोचमा थिए उनी ।
बिदाबारे प्रमुख इन्जिनीयर (हाकिम)सँग कुरा पनि राखे ।
गत असोज १४ गते उनले आफ्नो हाकिमसँग दशैं बिदा लिने कुरा सुनाए । सुनाएका मात्र हैनन्, उनले बिदा नै मागेका थिए ।
बिदा मागेको केही दिन बित्दा पनि उनलाई बिदा मिल्ने कुनै छाँट देखिएन ।
त्यसको केही दिनपछि फेरि उनले आफ्नो प्रमुखसँग बिदा लिने कुरा सुनाए । तर त्यतिबेला भने उनलाई बिदा नलिन आग्रह गरियो ।
‘सरले सबै बिदा लिँदा समस्या हुन्छ, तपाईं त बस्नुपर्छ भन्नुभयो,’ लोकान्तरसँग उनले सुनाए, ‘त्यसपछि उहाँको कुरालाई नकार्न सकिनँ, यसपालि पनि दशैं यतै हुने भयो ।’
गएको वर्ष उनले दशैं मनाएनन् । त्यसको अघिल्लो वर्ष उनी दशैं मनाउन घर गएनन् । अहिले तीन वर्षको दशैंमा पनि उनी गाउँघर जान पाएनन् ।
विगत २८ वर्षदेखि नै उनले बिदा लिएर दशैं मनाउन पाएका छैनन् ।
यो सम्झँदा निकै खल्लो लाग्ने गरेको उनी बताउँछन् ।
उनको परिवारमा पत्नी र २ छोरीहरू छन् । छोरीहरू हुर्किसकेका छन् । यस वर्ष पनि दशैंमा बिदा नलिएपछि छोरीहरूले उनीमाथि गुनासो पोखिसकेका छन् ।
‘सबै सरकारी जागिरेहरूको बिदा हुने, तपाईंको नहुने कस्तो हो ? भनेर छोरीहरूले सोध्न थालिसके । पत्नीको पनि चाहना घरमै दशैं मनाउन पाइयोस् भन्ने नै हो,’ भावुक मुद्रामा उनी भन्छन्, ‘यी सबै देख्दा मनमा अमिलोपन आउँछ, निकै खल्लो लाग्छ, तर पनि काम त काम नै हो, जिम्मा लिएपछि पूरा गर्नै पर्छ, त्यसैले बसेको छु ।’
रत्नपार्क वितरण केन्द्र अन्य कार्यालयको तुलनामा बढी व्यस्त छ । सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार लगायतका ठूला सरकारी निकायहरू, असन, पुतलीसडक जस्ता व्यस्त शहरहरू भित्रको विद्युत् व्यवस्थापन यसै कार्यालयले गर्दै आइरहेको छ ।
रत्न राई ग्राउण्ड अपरेसन– सिनियर म्यानेजर, बुद्ध एयरलायन्स एयरपोर्ट शाखा
बुद्ध एयरलायन्सका ग्राउन्ड अपरेसनका सिनियर म्यानेजर रत्न राई दशैं मनाउन घर जान पाएका छैनन् ।
अहिले उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको कार्यालयमा जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।
उनको घर खोटङ हो । उनले बुद्ध एयरमा काम शुरू गरेको २२ वर्ष भइसकेको छ । यस बीचमा उनी दशैं मनाउन घर जान पाएका छैनन् ।
उनी भन्छन्, ‘मैले काम शुरू गरेदेखि नै दशैं मनाएको छैन, २२ वर्ष भयो ।’
मुख्य चाडबाडमा घरमा सबै भेला हुँदा एक किसिमको दशैं लाग्छ । महान चाड दशैंमा नै नजाँदा मन चिसो भएको महशुस गर्छन्, उनी ।
‘सम्झियो भने मन खल्लो हुन्छ, यसलाई हामीले भुलेर नै काम गर्नुपर्ने बाध्यता वा जिम्मेवारी रहेको छ,’ उनी सुनाउँछन् ।
चाडबाडमा घर जान नपाउँदा कहिलेकाहीँ त विरक्त लाग्छ उनलाई । कहिले काहीँ त कस्तो काम रोजेछु मैले भन्ने समेत लाग्ने गरेको उनी सम्झन्छन् । तर यी सबै सोचाईभन्दा माथि त जिम्मेवारी नै छ । र फेरि जिम्मेवारी पूरा गर्नतर्फ लाग्छन् उनी ।
‘मुख्य कुरा जिम्मेवारी रहेछ, जिम्मेवारी बोध हुँदासम्म अन्य सबै कुरा व्यवस्थापन गर्न सकिने रहेछ, त्यसले सान्त्वना दिने रहेछ,’ उनी भन्छन् ।
उनको परिवारमा पत्नी र २ जना साना छोराहरू छन् । उनीहरू काठमाडौंमै छन् । उनीहरू ललितपुरको ढोलाहिटीमा बस्दै आएका छन् । दशैंमा एकछिन अफिसबाट निस्किएर परिवारसँग टीका साटासाट गरेर काममै फर्कने उनको तयारी छ ।
गाउँमा गएर दशैं नमनाएको २२ वर्ष भयो । गाउँको याद उनलाई निकै आउँछ । यस्तै परिवारका सदस्यहरूले पनि गाउँ जानका लागि मरिहत्ते गर्छन्, तर पनि राईले आफ्नो व्यस्तता चिर्न सक्दैनन् ।
‘श्रीमतीले कहिलेकाहीँ त झोक्किनु पनि हुन्छ, घर जाउँ भनेको कति वर्ष भइसक्यो, तर अहिलेसम्म जान सकिएको छैन । यो पटक पनि श्रीमतीले धेरै जोड गर्नुभएको थियो, तर व्यवस्थापन गर्ने पर्ने रहेछ,’ लोकान्तरसँग उनले सुनाए ।
उनी मातहतमा मात्रै करीब २ सय जना कर्मचारीहरू रहेका छन् । त्यसमा धेरै जसो घर जान पाएका छैनन् । निकै न्यून मात्रामा मात्रै कर्मचारी दशैं मनाउन घर गएको उनी सुनाउँछन् ।
अहिले घर नजानेहरूमध्ये कतिपय भने तिहारमा जाने सोचमा छन् ।
उनी स्वयं पनि तिहारमा घरमा जाने विचारमा छन् । ‘एउटा बहिनी छन्, उनको हातबाट टीका लगाउन जसरी पनि जानु पर्छ नै भन्ने छ,’ उनले सुनाए ।
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...