साउन २७, २०७९
वसन्तपुर डबलीमा अनसनमा बसिरहेकी ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी छन् । पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी उनले शुक्रवार राष्ट्रपति भवन शितल...
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर साहसिक जीपलाइन चढेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भए । जनता बाढीपहिरोको मारमा परेका बेला प्रचण्डले यसरी जीप लाइनको आनन्द लिनु सही नभएको धेरैको तर्क थियो ।
तर, प्रचण्डले जीपलाइन चढेपछि धुलिखेलको पर्यटनमा भने यसले निकै फाइदा पुर्याएको छ । अहिले धुलिखेलमा जीपलाइन चढ्न आउने आन्तरिक पर्यटकहरूको संख्या ह्वात्तै बढेको जीपलाइनका सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालि अध्यक्ष केदार थापाले बताए ।
‘विगतमा भन्दा दोब्बर तेब्बर मानिसहरू आउनु भएको छ, धेरै परिवारसहित नै आउनु भएको छ,’ उनले भने, ‘देशैभर प्रचारप्रसार भएर होला हिजो र आज त भ्याईनभ्याई भयो, धेरैले लोकेसनको लागि फोन गरेर पनि बुझिरहनु भएको छ ।’
उनका अनुसार धेरैलाई धुलिखेलमा जीपलाइन छ भन्ने प्रचण्ड आएपछि मात्रै थाहा भयो । ‘उहाँको अनावश्यक विरोध भइरहेको देखेको छु तर आन्तिरक पर्यटनको लागि त राम्रो भएको छ,’ उनले भने ।
जीपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जीपलाइन दूरी ११ सय मिटर छ । भर्टिकल ड्रप २४० फिट रहेको जीपलाइन ७० किलोमिटर प्रतिघण्टाको औसत गतिमा पार हुन्छ ।
काठमाडौंबाट करीब ३५ किलोमिटर दूरीमा रहेको जीपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ ।
खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचूलगायतका हिमालसमेत अवलोकन गर्न सकिनेछ ।
कोरोना कहरले बन्द भएको धुलिखेल जीपलाइन ६ महिना बन्द भएको थियो । क्लासिक जीपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरी २ हजार ४ सय ५० र टेण्डम ९जोडी० जीपलाइनको ४ हजार ५ सयमा छुट गरी ३ हजार १५० शुल्क लाग्छ । जीपलाइनसँगै फोटो-भिडिओ प्याकेजमा समेत छुटसमेत छ ।
क्लासिक र सुपरम्यान जीपलाइनमा फोटो र भिडिओको लागि ७०० रूपैयाँ लाग्ने भए पनि हाल २०० रूपैयाँ कायम गरेको र टेन्डम (जोडी) जीपलाइनमा फोटो र भिडिओको लागि एक हजार रूपैयाँ लाग्ने भए पनि हाल ३०० रूपैयाँ कायम गरिएको छ ।
२०७५ फागुनदेखि व्यवसायिक रूपमा धुलिखेल जीपलाइन शुरू भएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जीपलाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेण्डम (जोडी) गरी ३ प्रकारका जीपलाइन खेल्न पाइन्छ ।
जीपलाइनसँगै ट्रि अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिनेछ।
सिन्धुपाल्चोकका केदार थापा अध्यक्ष र काठमाडौका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चरमार्फत् धुलिखेल जीपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन् ।
वसन्तपुर डबलीमा अनसनमा बसिरहेकी ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी छन् । पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी उनले शुक्रवार राष्ट्रपति भवन शितल...
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...
खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ तर भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन । &nb...
जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।...
जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा प...
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विभि...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...