२९ जेठ २०८३, शुक्रबार

तिहारमा यसरी बनाउनुस् कलाकन

कात्तिक २०, २०७८
तिहारमा यसरी बनाउनुस् कलाकन

तिहार मिठाइ खाने पर्व हो । बिजुलीको झिलिमिली, रंगहरूको सजावटका साथै मिठाइ लक्ष्मी मातालाई चढाएर अनि आफूले पनि खाएर तिहार मनाइन्छ । 

बजारमा पाइने मिठाइको गुणस्तर भरपर्दो हुँदैन । त्यसको साटो तपाईंले घरैमा कलाकन बनाएर खान सक्नुहुन्छ । रेसिपी हामी दिइहाल्छौं । 

सामग्री

अलैंचीको धूलो एक चम्चा

काजु बदाम किसमिस आवश्यकता अनुसार (मसिनो गरी काटिएको)

घ्यू आवश्यकता अनुसार

पनीर २५० ग्राम

खुवा २५० ग्राम

क्रीम आधा कप

दूध आधा कप

चिनी आधा कप

विधि

एउटा बाउलमा खुवा र पनीर राख्नुस् । 

त्यसमा दूध र क्रीम मिसाउनुस् । 

प्यानमा घ्यू तताएर मिश्रणलाई मधुरो आगोमा पकाउनुस् । 

त्यसमा अब चिनी राख्नुस् । 

आगोबाट निकालेर एउटा प्लेटमा फैलाउनुस् । 

त्यो सेलाएपछि चौकुने पारेका काट्नुस् । 

माथिबाट काजु बदाम किसमिस राख्नुस् । 

अब त्यसलाई फ्रीजमा स्टोर गर्नुस् । 

अनि दुई घन्टापछि निकालेर खानुस् ।
 

कमेन्ट गर्नुहोस्