२९ जेठ २०८३, शुक्रबार

घरैमा यसरी बनाउनुस् स्प्रिङ रोल

कात्तिक १७, २०७८
घरैमा यसरी बनाउनुस् स्प्रिङ रोल

स्प्रिङ रोल सबैलाई मन पर्ने खानेकुरा हो । बजारमा पाइने स्प्रिङ रोल अस्वस्थकर हुन्छ । यसलाई घरैमा बनाउन सकिन्छ । यहाँ हामी त्यसको रेसिपी दिनेछौं । 

सामग्री

गहुँको पीठो १ कप

मकैको पीठो एक ठूलो चम्चा

नून आधा ठूलो चम्चा

चिनी अलिकति

पानी आधा कप

बन्दा मसिनो काटेको आधा कप

गाजर मसिनो काटेको आधा कप

पनीर आधा कप

एप्पल साइडर एक सानो चम्चा

सोया सस दुई सानो चम्चा

हरियो खुर्सानीको पेस्ट दुई सानो चम्चा

जीराको धूलो एक ठूलो चम्चा

अदुवा र लसुनको पेस्ट एक सानो चम्चा

तिलको तेल दुई सानो चम्चा

तिल एक सानो चम्चा

नून स्वादअनुसार

मरिच अलिकति

विधि

कभर बनाउनका लागि एउटा बाउलमा गहुँको पीठो, मकैको पीठो, नून र चिनी हालेर डल्लो मुछ्नुस् । त्यसलाई आधा घन्टासम्म त्यत्तिकै छोडिदिनुस् ।

त्यतिबेरसम्म कभरभित्र राख्ने सामग्री तयार पार्नुस् । 

कराहीमा तिलको तेल तताउनुस् । 

त्यसमा गाजर, बन्दाकोपी, पनीर, नून, मरिच, जीरा, अदुवा र लसुनको पेस्ट राखेर भुट्नुस् । यो कभरभित्र राख्ने मिश्रण हो ।

त्यसमा एप्पल साइडर, चिली सस र सोया सस राखेर मज्जाले घुमाउनुस् अनि आगो निभाउनुस् । 

पीठोको डल्लोलाई दुई इन्चको सानो सानो डल्लो बनाएर पातलो गरी बेल्नुस् । अघि बनाएको त्यसमा दुई वा तीन चम्चा मिश्रण राख्नुस् ।

त्यस सानो डल्लोलाई मास्तिर मुजा पार्नुस् । त्यसमाथि मास्तिर रोल गरेर फ्ल्यापले छोप्नुस् । त्यसैगरी स्प्रिङ रोल तयार पारेर दुई मिनेटका लागि नरम कपडामा राख्नुस् ।

प्यानमा तेल तताएर सुनौलो रंग हुन्जेल तार्नुस् । 

स्प्रिङ रोल तयार भयो । त्यसलाई मेयो, चटनी र हरियो खुर्सानीका साथ पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्