
इलामको इलाम देउमाई नगरपालिका-०८ रत्नचौतारास्थित मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ०८:३५ बजे मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित ३ जना सवार रहेकोमा सबै घाइते भएका हुन ।
घाइतेहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल, झापातर्फ पठाइएको छ।
घाइते जीप चालक ३६ वर्षीय उत्तम खड्का, ६८ वर्षीया कोकिला दवाडी र ६० वर्षीय प्रेममणि आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।