
टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो ।
खेलमा भारतीय टीमलाई पाकिस्तानको टिमले नराम्ररी हराएको थियो ।
म्याचपछि सामाजिक सञ्जालमा पाकिस्तानको पक्षमा केही भारतीय नागरिकले खुशी व्यक्त गरे ।
यसको असर धेरैको भान्सासम्म नै पर्न गएको छ ।
पाकिस्तानको जीतमाथि खुशी मनाएर इण्डियाको मजाक उडाएको भन्दै एक युवतीले आफ्नो पतिविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।
भारतको रामपुर जिल्लामा यो घटना घटेको हो ।
पत्नीले थाना गन्ज जनपद रामपुरमा उजुरी दर्ता गरेकी छिन् ।