![जब यी युवतीले सर्पलाई घाँटीमा बेरिन्, गरिन् चुम्बन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/961232-snake-kiss-girl-video_seQCMjFi23.jpg)
सामाजिक सञ्जाल इन्स्ट्राग्राममा केही दिन अघि शेयर गरिएको एक भिडियो निकै रोचक छ ।
सो भिडियो हेर्ने जो कोही पनि भिडियो हेरेर अचम्मित हुनेछन् ।
रोयल पीथोन्स नामको इन्स्टाग्राम प्रयोगकर्ताले शेयर गरेको सो भिडियोमा एक युवती सर्पसँग खेलिरहेकी छन् ।
सो भिडियोमा देखिन्छ की युवतीले सर्पलाई आफैंसँग अंकमाल गराएकी छिन् ।
ती युवतीले त्यो सर्पलाई घाँटीमा बेरेकी छिन् भने घरीघरी चुम्बन गरिरहेकी देखिन्छिन् ।
उनले सो भिडियोको क्याप्सनमा 'लभ माई स्नेक' लेखेकी छन् ।
यो भिडियोमा अहिलेसम्म ९ हजारभन्दा धेरैले लाइक गरेका छन् ।